Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तुफान परिकल्पना युवा क्लव मुसिकोटको खेलकुद कार्यक्रम शुरु

Published on 1:19:00 AM //

कौरव खत्री
आश्विन २५, गुल्मी । विजया दशमी तथा शुभदिपावलीको पावन अवसर पारेर शुक्रबार तुफान परिकल्पना युवा क्लव मुसिकोट देउराली गुल्मीले आयोजना गरेको विविध खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ ।
आयोजित भलिवल प्रतियोगीतामा ९ वटै वडाका कुल ९ समुहको सहभागीता रहेको छ । जसमध्ये शुक्रबारसम्मा सम्पन्न प्रतियोगीतामा गाउँ विकास समितिको वडा नं. १, वडा नं १ कै बी समुह, वडा नं ५, वडा नं ९ र ६ सेमिफाईनलमा प्रबेश गरेका छन । खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ । क्लवले हरेक वर्ष विजया दशमीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्दै आएको क्लवका अध्यक्ष कर्ण बहादुर रायमाझीले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग