Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्यकर्मी पनि गर्दैछन् गुल्मीमा राजनिति

Published on 7:36:00 AM //

प्रेम सुनार
असौज २४, गुल्मी । चुनाव आए लगत्तै तिम्रो छोरा छोरीलाई परिक्षामा पास गराई दिएको मैले हो, त्यो छात्रबृत्ति रकम मिलाईदिएको पनि मैले हो भन्दै शिक्षकहरु घरघरमा डुल्न थाल्ने कुरा त नौलो होईन तर अव त स्वास्थ्यकर्मिहरुले पनि एउटा सामन्य औषधी सिटामलमा समेत राजनिति गर्ने गरेको गुनासो आएको छ ।
दर्लिंङ उप स्वास्थ्यचौकीका अहेव ओमबहादुर भण्डारीले यस्तो ब्यबहार गर्ने गरेको स्थानिय ७० वािर्षय बृद्ध टेकमान बि.क लगायतले गुनासो गरेका हुन् ।
‘त्यसो त उहाँले पहिलै देखि आफु निकट पार्टीमा आउने भए सेवा सुविधा सवै मिल्छ भन्नु हुन्थ्यो बि.कले भने –‘अझ झन चुनावको चर्चा चलेपछि त हामी उहाँबाट हैरान परेका छौं ।’ उनले मात्र होईन त्यहाँका अधिकांस दलितहरुले अहेव भण्डारीले स्वास्थ्य उपचारमा आउनेहरुलाई आफ्नो दलमा लाग्न फकाउने र निशुल्क औषधी लगायतको सुविधा दिने प्रलोभन देखाउन गरेको गुनासो गरे ।
जनजाती र दलितहरुको बाहुल्य रहेको त्यस गाविसमा भण्डारीको राजनिति र पैसा कमाउने धन्धाले सर्व साधरणहरुले ठुलो सास्ती खेपेको बताईएको छ । अर्की स्थानिय दलित महिला चुनकुमारी बि.कले पनि अहेव भण्डारीले स्वास्थ्य चौकीमा आउने महिला, पुरुषलाई राजनैतिक दल फेर्न दवाव दिने गरेको गुनासो गरिन् । ‘स्वास्थ्य चौकीमा गए पनि राजनिति कुरा , उहाँको मेडिकलमा गए पनि तिनै कुरा ’ चुमकुमारीले भनिन् –‘बरु यस गाउँका उनैका नेताहरुले भने त्यस्तो दवाव दिन्नन् उहाँ त दलको नेता भन्दा ठुलै रै’छ जस्तो लाग्छ । ’
अहेव ओमबहादुरको स्वास्थ्यकर्मी पेशा देखाउने दाँत मात्रै भएको र उनको वास्तविक काम राजनितिको आडमा पैसा कमाउने धन्धा मात्रैे भएको अन्य स्थानियबासीले पनि बताए । विकट गाउँ दर्लिङ्गमा उनले पाठे घरको समस्यामा परेका महिलाहरुलाई समेत छानेर जिल्लामा पठाउने गरेको गुनासो आएको छ । अधिकांस समय आफ्नो निजि मेडिकलमा विताउने, आफ्नो दल निकट र आफन्तलाई राज्यले उपलब्ध गराउने औषधी निशुल्क दिने र अरुलाई छैन भन्ने गरेपछि अव स्थानियबासीले स्वास्थ्यचौमा ताला लगाएर उनलाई सरुवाको माग गर्ने चेतवानी दिएका छन् ।
स्वास्थ्यकर्मीहरुको यस्तो घिन लाग्दो राजनिति र निजी मेडिकल राखेर पैसा कमाउने धन्धा प्रति स्थानियले गरेको गुनासाका संबन्धमा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिबहादुर के.सीले उजुरी आए कार्बाही गरिने बताए । अहेव भण्डारीले भने आफुलाई त्यहाँको सच्चा स्वास्थ्यकर्मी रहेको दावि गर्दै आएका छन् । बढि मात्रमा आफ्नो निजी क्लकिमा देखिने उनि त्यसलाई पनि जनताको सेवाका लागि भन्ने गरेका छन् । उनले त्यहाँ अहेवा भएर आए देखि अथाह सम्पत्ति आर्जन गरेको स्थानियबासीले बताए ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग