Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्ला समाज युकेले जिल्लामा चौथो एम्बुलेन्स प्रदान गर्ने

Published on 1:08:00 AM //

फडिन्द्र भट्टराई, लण्डन
गुल्मी जिल्ला समाज युकेको २९ सेप्टेम्बर २०१३ मा लण्डन ग्रीन्फोर्ड स्थित रोयल क्लबमा बसेको कार्यकारी समिति तथा सल्लाहकारहरुको बैठकले गुल्मी जिल्लाको पुर्बी क्षेत्रमा अर्को एउटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । गुल्मी जिल्लाको पुर्बी क्षेत्र पुर्तिघाट आसपासका गाबिसहरुलाई समेट्ने गरि उक्त एम्बुलेन्स अबस्थित गरिने जानकारी दिईएको छ ।
यस कार्यको लागि गुल्मी जिल्ला समाज युकेका कार्यकारी सदस्य मति प्रसाद पुनलाई संयोजक तोकिएको छ । स्मरण रहोस गुल्मी जिल्ला समाज युकेले यस भन्दा अगाडी नै जिल्लामा तिनवटा एम्बुलेन्स संचालनमा ल्याइसकेको छ । यसैगरि बैठकले घर बासको अभाबमा बिगत ५ वर्ष देखि आफ्ना तिन सन्तान सहित शौचालयमा बस्दै आएकी गुल्मी मरभुङ गाबिस सिमल्टारिकी ज्ञानी परियारलाई घर निर्माणार्थ सहयोग गर्ने निर्णय समेत गर्यो । सार्बजनिक शौचालयमा असुरक्षित एबम अमानविय जीवनयापनबाट मुक्ति दिलाउन ब्यबस्थित घरबासको लागि स्थानीय गाबिस संग सहकार्य गर्नको लागि संस्थाका उपाध्यक्ष केशब भण्डारी तथा सदस्य मिन जिसीलाई संयोजन गर्ने जिम्मा दिईएको छ । त्यस्तै परोपकारी कार्यकै सिलसिला अन्तरगत गुल्मी जिल्लाको जैसीथोक स्थित श्री पान्चायन माध्यमिक विद्यालयको भवन मर्मत कार्यको लागि सहयोग गरिने भएको छ जसको संयोजन संथाका सचिब शिब भण्डारीले गर्नुहुने भएको छ । साथै बैठकले विश्व अपाङ्ग दिवसको अवसर पारेर हरेक बर्ष युकेमा गर्दै आइरहेको च्यारिटी डिनर कार्यक्रमको निरन्तरता स्वरुप नेपालका अपांगको सहयोगार्थ यस बर्षको च्यारिटी कार्यक्रम आगामी डिसेम्बर १ मा गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा बसेको उक्त बैठकको संचालन महासचिब राम गलामीले गर्नुभएको थियो भने कोषाध्यक्ष टोप पल्लीले गत बार्षिक भेटघाट कार्यक्रमको आय-व्यय प्रस्तुत गनु भएको थियो । बैठकको आरम्भमा व्यस्तताको बाबजुत उपस्थित सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष अर्जुन गौतमले मनका धनि बेलायतबासी गुल्मेलीहरुको मेलमिलाप र एकताको प्रशंसा गर्नु भयो । साथै उँहाले गुल्मेलीहरुको एकता र जिल्ला र देश प्रतिको माया नै संस्थाको सफलताको कारक भएको बताउँदै उँहाले गत बार्षिक भेटघाट सफल बनाउन सहयोग तथा भूमिका निर्वाह गर्नुहुने सबै प्रति आभार ब्यक्त गर्नु भयो ।
समाजले यस अघी जिल्ला पठाएका ३ एम्बुलेन्स मध्य २ को फाईल तस्बिर ।  
बैठकले गुल्मी जिल्ला समाज युकेको परोपकारी कामको मुल्यांकन गर्दै समाजको सम्मान स्वरुप बेलायतका दश चर्चित नेपाली व्यक्तिमा यस संस्थाका अध्यक्ष अर्जुन गौतमलाई चयन गरेकोमा नेपाल ब्रिटेन डट कम प्रति हार्दिक आभार र धन्यबाद ब्यक्त गर्यो । साथै बैठकले उक्त सम्मानले संस्थाको सामाजिक योगदानको कदर भएको ठहर गर्नुका साथै संस्थाको यो गरिमा स्थापना गर्नको लागि संस्थापक अध्यक्ष ओम प्रसाद थापा, बिगतका कार्य समितिहरु, आजिबन सदस्य तथा साधारण सदस्य सबैको भूमिका प्रति आभारी हुँदै गौतमलाई हार्दिक बधाई ज्ञापन गर्यो ।
कार्यक्रममा उपाध्यक्ष केशब भण्डारी तथा सल्लाहकार मोति भण्डारीले संस्थाको स्मारिका वितरण अझै प्रभावकारी बनाउँदै यो पुस्तक बेलायतबासि सबै गुल्मेलीको घर सम्म पुर्याउन आवस्यक रहेको औल्याउनु भयो । त्यस्तै सचिब शिब भण्डारीले गुल्मेलीहरुको प्रोजेक्टमा गैरगुल्मेली नेपालीहरुको सहयोगको सराहना गर्दै जैशिथोक बिद्यालयलाइ हाल सम्म सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । सोहि अबसरमा महासचिब राम गलामीद्वारा संस्थाका आजिबन सदस्यहरुको संख्या बढेर २१९ पुगेको जानकारी दिइयो र यसैगरी संस्थाका सदस्य भेष बहादुर थापाले संस्थाद्वारा बाडीपिडित सहयोगार्थ संकलित रकम नेपालमा हस्तान्तरण गरिएको बारे जानकारी गराउनु भयो । यसका अतिरिक्त गुल्मी जिल्लामा संस्थाद्वारा प्रदान गरिएका तिनवटै एम्बुलेन्सको मर्मत सम्भार तथा प्रभावकारिताको अध्ययन अनुगमनका लागि उपाध्यक्ष बिनोद ज्ञवाली, सचिब शिब भण्डारी तथा सल्लाहकार गोकर्ण बस्नेत एबम सदस्य राम सापकोटालाई जिम्मा दिने निधो पनि बैठकले गर्यो । त्यस्तै बैठकमा सल्लाहकार सुरेश गौतम तथा सदस्य राम सापकोटाद्वारा भिन्दा भिन्दै रुपमा स्थापित कुल रु. ५० हजार बार्षिक छात्रवृति जिल्ला शिक्षा कार्यालय मार्फत वितरण गर्ने र सो को संयोजन केशब भण्डारी, फडिन्द्र भट्टराई एबम भेष बहादुर थापाले गर्ने तय भएको छ । बैठकको छलफलमा कार्य समितिका ओम गुरुङ, राजन खरेल, मिन बहादुर जिसी, टिकाराम थापा, गंगा राना लगाएतले आ आफ्नो धरणा राख्नु भएको थियो भने सल्लाहकारहरु दाशु पाण्डे, बालजंग अर्याल, खड्ग रेशमी, चक्र बहादुर राना, राजेन्द्र श्रेष्ठ, दुर्गा पाण्डे, मिन दर्लामी तथा गोकर्ण बस्नेतले समसामयिक बिषयमा अमुल्य सुझाब दिनु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग