Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट झण्डै ५० हजार युवा बेदेशिक रोजगारमा

Published on 12:43:00 AM //

प्रेम सुनार
असौज १६, गुल्मी । सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा काम गरेको पिपुल्स फोरम र पौरखी नेपाल नामक संस्थाले गरेको अध्ययन अनुसार गुल्मीबाट झण्डै पचास हजार युवा वैदेशिक रोजगारमा गएका छन् ।
पौरखी नेपालको गुल्मी शाखाले बुधबार सदरमुकाम तम्घासमा सार्वजनिक गरेको तथ्याङ्कका अनुसार गुल्मीका ७९ वटा गाविसबाट कुल ४३ हजार ३ सय ८३ जना युवाहरु बैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा पुगेका छन् । त्यस मध्ये पुरुष ३५ हजार १ सय ८३ जना र बाँकी महिला कामदार रहेका छन् । पौरखी नेपालले जिल्लाका राजनैतिक दल, प्रशासनिक निकाय र पत्रकारहरुसंग गरेको अन्तरकृया कार्यक्रममा फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्यालले भनिन्–‘ति मध्ये महिला कामदार १५ सय र पुरुष ३४ सय फर्किएर स्वदेशमै स्वरोजगार बनेका छने भने बाँकी आवत जावात गरिरहेका छन्’ । अर्यालका अनुसार फोरमले हर्दिनेटा र हुँगा गाविसमा गरेको घरदैलो अध्यानका क्रममा एउटै गाविस हर्दिनेटाबाट मात्रै २ सय २५ जना महिला कामदार बैदेशिक रोजगारमा गएका छन् । ति मध्ये अवैधानिक बाटोबाट जाने महिलाको संख्या २५ रहेको छ । उनिहरु मध्ये ७५ जना फर्केका छन् । त्यस्तै हर्दिनेटाबाट बैदेशिक रोजगारमा जाने पुरुषको संख्या ७ सय रहेको छ, ति मध्ये सय जना अवैधानिक बाटोबाट गएका छन् र २ सय ७५ जना फर्केका छन् ।
त्यस्तै हुँगा गाविसबाट कुल १ हजार २५ जना बैदेशिक रोजगारमा गएका मध्ये महिला ३ सय र पुरुष ७ सय ३० छन् । उनिहरु मध्ये २ सय ५० जना महिला र ४ सय पुरुष फर्केका छन् । ४० जना महिला र ३ सय जना पुरुष अवैधानिक बाटोबाट गएको पाईएको छ । फोरमको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै शंकरप्रसाद गौतमले वैदेशिक रोजगारबाट जिल्लालई समृद्ध पार्न महत्वपुर्ण भुमिका खेलेकोले यसलाई सुरक्षित राख्न सवै पक्षको सहयोग अनिवार्य रहेको बताए । ‘ बैदेशिक रोजगारका नकरात्मक पक्ष भनेको पारिवारीक विखण्डन र विकृति हो त्यसलाई जनचेतनाबाट न्युनीकरण गर्न सकिए यसका अन्य सवै पक्ष सकरात्मक छन्’–गौतमले भने ।
विशेषतः महिला कामदारको सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा स्थापना कालको एक वर्षमै सकरात्मक परिणाम दिन थालेको पौरखी नेपालले संस्थालाई दिगो बनाउन सबै पक्षको सहयोगको आग्राह गरेका छ । ‘यस जिल्लामा सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने एक मात्र संस्था स्थापना गरिएकोले सवै पक्षको सहयोगको आग्रह गर्दछु’ फोरमकी जिल्ला अध्यक्ष मिना गैरेले भनिन् । बैदेशिक रोजगारबाट ठगिएका कामदारको संस्थाले नि:शुल्क मुद्धा लडिदिने संयोजक अर्यालले जानकारी दिईन् ।
जिल्लाबाट पिपुल्स फोरमको एक वर्षे अध्ययन कार्याकालको बर्हिगमन पछि बैदेशिक रोजगारको क्षेत्रमा कृयाशिल जिल्लाको एक मात्र संस्था पौरखी नेपाललाई प्रशासनिक निकायबाट पनि सहयोग हुने र यहाँको सबै पक्षले पनि सहयोग गर्नु पर्ने सहयाक प्र.जि.अ. विष्णु घर्तिले बताए । जिल्ला संयोजक अर्यालका अनुसार बैदेशिक रोजगारमा जाने महिलाहरुलाई विगतको तुलनामा परिवारले हेर्न दृश्टीकोणमा परिवर्तन आए पनि न्युन संख्यामा चुनौती रहेको छ । संस्थाले गरेको सर्वेक्षणमा सरकारले गरेका ०६८ को जनगणना अनुसार जिल्लाको ६४ हजार ९ सय २१ घर धुरीमा बैदेशिक रोजगारले प्रति घरधुरी ०.४ प्रतिशत वार्षिक आय बृद्धि गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग