Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट पाँच एमाले कार्यकर्ता घाईते !

Published on 3:20:00 AM //

बागलुङ, कात्तिक ११ । राष्ट्रिय जनमोर्चाका २७ जना कार्यकर्ताको आक्रमणबाट बागलुङ धुल्लुबास्कोटमा एमालेका पाँच कार्यकर्ता घाईते भएका छन् ।
राङ्खानीबाट गएका सुनिल छन्त्याल, कुमार थापा, जनक श्रीस लगायतको समूहमा रहेका राजमो कार्यकर्ताको आक्रमणबाट आईतबार राति एमाले जिल्ला सदस्य बालिका केसी सहित पाँच जना घाईते भएको एमाले बागलुङले जनाएको छ ।

एमालेले सोमबार पत्रकार सम्मेलन गरी राति घरमा सुतिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले जिल्ला सदस्य केसीको घरमा तोडफोड गर्नुका साथै उहाँका ७० वर्षिया आमा पार्वती जैसी, दाजु पूर्ण केसी, उनका १५ बर्षिय छोरा जीवन केसी र ३५ बर्षिया माया केसीलाई आक्रमण गरेको बताएको छ । घाइते मध्ये ७० बर्षिय जैसी र १५ बर्षिय बालक जीवनलाई थप उपचारका लागी बागलुङ ल्याइदैछ भने अन्य ३ जनाको स्थानीय बरेङ स्वास्थ्य चौकीमा उपचार भइरहेको एमालेले जनाएको छ ।

राजमो बैचारिक बहस छाडेर आक्रमणमा उत्रिएको छ, ‘एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले भने जनताबाट अनुमोदित हुनका लागी एमाले संयमित छ तर यसलाई कमजोरी सम्झिए जनमोर्चाले ठुलो मुल्य चुकाउनु पर्छ । आक्रमणमा सम्लग्न भएकाहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै राज्यका निकायहरुलाई मुकदर्शक बनेर नबस्न पनि अध्यक्ष शर्माले आग्रह समेत गरे ।

एमाले निर्वाचन परिचालन कमिटि निर्वाचन क्षेत्र नम्बर २ ले पार्टीका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी, सचिव कृष्ण अधिकारी लगायतका नेताको प्रशिक्षण र निर्देशनमा आक्रमण भएको विज्ञप्तीमा आरोप लगाएको छ ।

तर राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले एमाले कार्यकर्ताले रातको समयमा माईकबाट आफ्नो पार्टीका बारेमा गलत प्रचार गरेका कारण त्यसो नगर्न आग्रह गर्दा सामान्य भनाभन मात्र भएको दाबी गरे । समान्य घटनालाई राजनितिक रङ दिन खोजिएको भन्दै अधिकारीले आफुहरुको कुटपिट गर्ने र धाक धम्की दिने कुनै नीति नरहेको बताए ।

यसैबीच, एमालेले आजै बरेङ बजारमै बिरोध सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर २ का उम्मेदवार डा सूर्य पाठकले २१ औ शताव्दी र बिज्ञान प्रविधिको जमानामा पनि बाहुबल प्रयोग गर्न खोज्नु दुःखद भएको भन्दै बैचारिक हिसावले बहसमा आउन राष्ट्रिय जनमोर्चालाई आग्रह गरे । -धौलाश्रीबाट

कार्यक्रममा घाइते तथा जिल्ला सदस्य बालिका केसी र बागलुङ–काठमाडौ सम्र्पक कमिटीका सचिवालय सदस्य पदम गिरीले बोलेका थिए । कार्यक्रम प्रेम पौडेलको अध्यक्षता र बिक्रम क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग