Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै मञ्चबाट काँग्रेस र एमालेको आमसभा !

Published on 3:18:00 AM //

सन्तोष गौतम
म्याग्दी, कात्तिक ११ । चुनाव प्रचारका क्रममा प्रतिस्पर्धी दलहरुबीच कुटपिट र झडपका घटना भएका समाचारहरु सार्वजनीक भइरहेका बेला म्याग्दीमा भने सोमबार दुई वटा दलले एकै मञ्च प्रयोग गरेर चुनावी सभा सम्पन्न गरेका छन् ।

म्याग्दीको निस्कोटमा नेपाली काँग्रेस र नेकपा एमालेले सोमबार एकै मञ्च प्रयोग गरेर चुनाव प्रसार सभा सम्पन्न गरेका हुन् । दिउँसो १ बजेदेखि सुरु भएको एमालेको आमसभा सम्पन्न भएपछि नेपाली काँग्रेसले पनि सोही मञ्चमा कार्यक्रम गरेको नेकपा एमालेका एरिया ईञ्चार्ज मोतीराज गौतमले बताए ।

‘दिउँसो हाम्रो कार्यक्रम सम्पन्न भयो र त्यसपछि नेपाली काँग्रेसको टोलीले सोही मञ्चमा कार्यक्रम गर्नुभयो’ गौतमले भने ‘सबै गाउँलेहरुले हाम्रा र काँग्रेसका उमेद्वार लगायत नेताहरुको बिचार सुन्नुभयो । कार्यक्रम सौहार्दपुर्वक रुपमा सम्पन्न भएको छ ।’ प्रतिस्पर्धी दलहरुबीच चुनावी कार्यतालीका जुधेपछि पालैपालो आमसभा सम्पन्न गर्ने सहमति गरिएको थियो ।

प्रतिस्पर्धी उमेद्वारहरुले पालैपालो एउटै मञ्चबाट चुनाव प्रचार गर्नुलाई उदाहरणीय भएको नेताहरुको भनाई छ । चुनावी सभालाई सम्वोधन गर्दै काँग्रेसका उमेद्वार खम्बीर गर्बुजाले ७ वटा प्रदेश वनाउने, सवैको पहिचान हुने, संविधान सुनिश्चित गर्ने, देशमा शान्ति सुरक्षा र सम्वृद्धिका लागि सवैलाई समेटेर अगाडी वढ्ने र ७५ जिल्लाको भौगोलिका सिमाङ्कन नटुक्रिने गरी संघीय राज्यको गरिने बताएका थिए ।

त्यसैगरी नेपाली काँग्रेस म्याग्दीका सचिव मीनवहादुर कार्कीले म्याग्दीमा काँग्रेस विजयी हुने दावी गरे । यस्तै निस्कोटमा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका उमेद्वार नवराज शर्माले संबिधान निर्माणमा जिल्लाको प्रतिनिधीको रुपमा इमानदार भएर खटिने, म्याग्दीको विकासका लागि सिंहदरवार जिल्लाको पुलको रुपमा काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

उहाँले आफूले जिविस सभापति हुँदा सुरु गरेका योजनालाई पुर्णता दिनका साथै एमालेको सन्तुलित भुमिका र निति अनुसार संबिधान निर्माण गर्न आफूलार्य मतदान गर्न आग्रह गरे । यसैगरी एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देश एमालेको निति अनुसार चलेकाले नयाँ संबिधान निर्माण गर्न पनि एमालेकै नेतृत्व आवश्यक रहेकाले एमालेको जित आवश्यक रहेको बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग