Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयलाई एकै व्यक्तिबाट डेड लाख बढी सहयोग

Published on 11:22:00 AM //

राम सुवेदी
बुर्तिबाङ, बागलुङ । बागलुङको पश्चिम बुर्तिबाङमा रहेको अर्नाकोट निम्न माध्यमिक विद्यालयलाई एकै व्यक्तिद्वारा एक लाख बढी सहयोग प्रदान गरिएको छ ।
ईमेज बचत तथा ऋण सहकारी संस्था लि बागलुङका अध्यक्ष तथा दलित युवा समाजसेवी देवकुमार नेपालीले उत्त विद्यालयको भौतिक सुधारका लागि भन्दै उक्त सहयोग प्रदान गरेको बताउनुभएको छ ।  नेपालीले विद्यालयलाई नगद १ लाख १ हजार तथा विद्यालयका लागि २ थान कम्प्युटर, एक थान प्रिन्टर, एकथान फ्याक्स मेसिन तथा एक जना दलित शिक्षकका लागि मासिक पाँच हजारका दरले दुई वर्षसम्मका लागि तलव भक्ता दिने घोषणा समेत गर्नुभएको छ ।
अर्का महिला समाजसेवी थमकुमारी पाण्डेले पनि ६१ हजार चन्दा दिने घोषणा गर्नुभएको छ । त्यस्तै सोही अवसरमा जीवन थापाले आफ्ना बुवा धनबहादुर थापा तथा आमा द्रोपति थापाको नाममा २२ हजार चन्दा दिने घोषणा गर्नुभएको छ । विद्यालयको आर्थिक सुधार कार्यक्रम अन्तरगत आर्थिक सहायता समारोहका अवसरमा यस्तो सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर महतले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग