Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पौँदी अमराईमा परम्परागत सराँय नाच प्रतियोगीता सम्पन्न

Published on 11:23:00 AM //

कौरव खत्री
गुल्मी, मसिंर २ । कोजाग्रत पुर्णिमाकोदिन शुक्रवार भगवती माई पुजा समिति पौँदी अमराई ३ गुल्मीले परम्परागत रुपमा सञ्चालन गर्दै आएको सराँय नाच सम्पन्न भएको छ ।
पछिल्लो समयमा विस्तारै लोप हुँदै गईरहेको सरायनाचको सरंक्षण तथा युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यका साथ सम्पन्न प्रतियोगीतामा समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको थियो ।उक्त सरायनाच प्रतियोगीतामा मुसीकोट ८ का देव बहादुर सिहं प्रथम, सोही गाउँ विकास समितिकै कुन्जरमणी भुषाल, र दोहोली वडा नं १ का मानबहादुर घर्ती द्धितिय भएका छन् ।त्यस्तै मुसिकोट ७ का डम्बर बहादुर सारु तृतीय भएका छन् भने मुसिकोटकै कृष्ण बहादुर सिहं ठकुरी उत्कृष्ट भएका छन् अन्य १७ जना सान्त्वना भएका छन् ।
सरायनाचमा गुल्म्ीको मुसीकोट,पौँदी अमराई, दोहोली, तथा छिमेकी जिल्ला बागलुङको ग्वालीचौर लगायतका ठाउँबाट दर्शनार्थीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा वरिष्ट चन्दादाता टेक बहादुर नेपाली,युवा स्वयं सेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक शान बहादुर बलामी तथा रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्री लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव स्यामन्त नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग