Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेसका गुल्मेली उम्मेदवारलाई बुटवलमा स्वागत

Published on 3:12:00 AM //

बुटवल, १६ असोज । लामो समयदेखि आन्तरिक द्धन्द्धका कारण पराजय भोगेको नेपाली कंग्रेस गुल्मीले यस पटक जिल्लामा एक ढिक्का भएर चुनावी अभियान संचालन गर्ने जनाएको छ । नेपाली कंग्रेसले जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा जित हाँसिल गर्नका लागि सबै खालका प्रचारात्मक अभियान संचालन गर्ने भन्दै त्यसका लागि जिल्लाबासीका पिर मर्का र समस्याको सम्बोधन गर्ने बताएको छ ।

नेपाली कांग्रेस गुल्मी-रुपन्देही सम्पर्क समितिले बुधवार बुटवलमा पार्टिबाट उम्मेदवारको टिकट पाएका तिनवटै क्षेत्रका उम्मेदवारहरुको स्वागत तथा छलफल कार्यक्रममा गुल्मेलीहरुले यस पटक कंग्रेसको जित सुनिश्चित भएको बताएका छन् ।

सो अवसरमा नेपाली कांग्रेसका तिन वटै निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नं. १ का उम्मेदवार डा. कृष्ण छन्तेल, क्षेत्र नं. २ का पार्टि केन्द्रिय सदस्य चन्द्र भण्डारी र क्षेत्र नं. ३ का उम्मेदवार त्रैलोक्य प्रसाद सेनले आफुहरु गुल्मेली जनताको भावना र चाहना अनुसार अघि बढ्ने भन्दै त्यसका लागि कंग्रेसलाई विजयी गराउन आग्रह गर्नु भएको थियो ।

नेपाली कांग्रेसका उम्मेदवारत्रयले राष्ट्रियता, समाज, संस्कृति र लोकतन्त्रको संरक्षणको विकास गर्ने, गुल्मीको विकासका लागि नयां सडक निर्माण अन्तर्गत सालझण्डी-खर्ज्याङ-रिडि-तम्घास सडक निमार्ण, रिडि-वामीटक्सार तथा तम्घास पश्चिमका सडक कालोपत्रे गर्ने योजना अघि सार्दै जनताको सहयोगको याचना गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कंग्रेस गुल्मीका संस्थाक सभापती भागवती ज्ञवाली, जिल्ला सभापती चन्द्र केसी, जिल्ला सचिव छन्द पहराई, क्षेत्रिय सभापती दामोदर भुषाल लगायतले बोल्दै नेपाली कांग्रेसमा विगतका गल्ती कमजोरी विर्सिएर चुनावी अभियानमा एक ढिक्का भएर अघि बढ्ने बताउनु भएको थियो ।

उम्मेदवारका दावेदारहरु नै आफुहरुबाट उम्मेदवारहरुको विरुद्ध कुनै पनि अन्तरघात नहुने बताएपछि सहभागि कंग्रेसमा उत्साह थपिएको थियो ।

सम्पर्क समतीका सभापती रामचन्द्र भुषालको अध्यक्षता तथा सचिव पृथ्वी फौजदारको संचालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुले जिल्लामा लामो समय देखि बामपन्थीहरुले चुनाव जिते पनि जिल्लाको विकासमा कुनै ध्यान नदिएको आरोप लगाएका थिए । 

Tags:

1 comment

  1. I don't know much about Krishna Chhantyal but personally I know Mr Bhandari and Mr Sen and they are politically corrupt. They even lacks social ethics too. Pradip Gyawali and Gokarna bista have shown us superior personality so now its a good choice for Gulmeli Janata to whom they want to vote for. For me, I choose the better personality rather than Bhandari and Sen. definitely I will go for Symbol TREE for proportionate election.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग