Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा दशै धमाका हुने

Published on 11:30:00 PM //

सन्जु काउछा
हेल्सिन्की, ०५ अक्टोबर २०१३ । फिन्निश-नेपाली समाज, फिन्ल्यान्डले फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा एक बिशेष कार्यक्रमका साथ दशै मनाउने भएको छ । सँस्थाले नेपालीहरुको महान चाड बिजया दशमीकै दिन अर्थात अक्टोबर १४ तारिक, सोमबार बिबिध साँस्कृतिक कार्यक्रमका साथ दशै कार्यक्रमको आयोजना गर्न लागेको हो ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि भब्य रुपमा आयोजना गर्न लागिएको दशै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजले जानकारी दिएको छ । हेल्सिन्कीको सिटिसेण्टर नजिकै रहेको आस्तोरिया साली (हल) मा सम्पन्न हुन गरिरहेको कार्यक्रममा नेपाली नाच-गान, पञ्चेबाजा बाजा, बिबिध मनोरन्जनात्मक प्रस्तुतिहरुका अलावा नेपाली खानाहरुको समेत ब्यवस्था गरिएको आयोजक सँस्थाले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग