Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नो पार्टी चुनावको लडाईमा छ ः काँग्रेस

Published on 9:35:00 PM //

संगिता कुवँर
गुल्मी, असौज १९ । हिन्दु नेपालीहरुको महानपर्व बडादशै तथा शुभ दिपावलीको अवसरमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ ले आज सदरमुकाम तमघासमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको जीत सुनिश्चित रहेको दावी गर्दै निर्वाचनलाई मध्यनजर गरेर आफ्ना गतिविधीहरुलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता प्रेमनाथ अर्यालले शान्ति र विकासको पक्षमा रहेको प्रजातान्त्रिक शक्तिको सधै विजयी हुने बताउनुभयो । उहाँले बामपन्थी पार्टीहरुको जस्तो व्यवहार र प्रबृतिबाट प्रजातन्त्रबादी शक्तिहरु सधै टाढा रहनुपर्ने बताउँदै ती शक्तिहरु व्याक्तिको पक्षमा नभई संस्थाको हितको पक्षमा सधै लागिरहेको दावी गर्नुभयो । अन्याय, अत्याचार तथा आसुरी प्रवृतिको नास गरिएको खुशीयालीमा मनाईने यस पर्वले मुलुकमा विद्यमान अन्याय अत्याचार तथा विभिन्न व्याक्ति तथा राजनीतिक दलहरुमा विद्यमान आसुरी प्रबृतिको अन्त्य गर्न टेवा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रसाद सेनले जित्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।
निर्वाचनको युद्ध संग्राममा आफुहरु उत्रिएको र त्यसका लागि तैयारीका साथ लागिरहेको बताउँदै उम्मेद्वार सेनले न्याय र सत्यको पक्षमा साथ दिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । नेपाली काँग्रेसका सचिव छन्द पहराईले गर्दैै नगरेका काम पनि अरु दलका कार्यकर्ताहरुले हामीले गरेको भनिरहँदा काँग्रेसले केही भन्न नसक्ने तर आफुले गरेका राम्रा कामको विषयमा जनसमुदायलाई जानकारी गराउन नसकिरहेको बताउनुभयो । उहाँले अव काँग्रेस विगतका कमी कमजोरीलाई हटाउँदै एक भएर राष्ट्रियता, प्रजातन्त्र र समाजबादको पक्षमा पुर्ण प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । पहराईले समानता र इन्साफको आधारमा संबृध समाजको पुनर्निर्माण गर्नु काँग्रेसको आकांक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य रोम विश्वकर्मा, महासमिति सदस्य विष्णु पन्थी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारी, युवराज भण्डारी, तेजेन्द्र थापा मगर लगायतका वक्ताहरुले नेपाली काँग्रेसले राजनीति स्वतन्त्रताका साथै आर्थिक समानताको आधारमा उभिएको प्रजातन्त्रबादलाई आफ्नो आदर्श मानेर निर्वाचनमा एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा भातृ संगठनका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी, पत्रकार तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो । क्षेत्रीय समिति सभापति दामोदर भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल कुवँरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि युवराज अर्यालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने क्षेत्रीय सचिव रेखाकुमार जिसीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग