Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको वामीमा सरोकारवालाबीच निर्वाचन सम्बन्धी अन्तरकृया सम्पन्न

Published on 11:02:00 AM //

सागर भण्डारी
गुल्मी, असौज २१ । दोस्रो सविंधान सभाको निर्वाचन नजिकिँदै गर्दा गुल्मीको वामीमा सोमबार सरोकारवालाहरुबीच निर्वाचन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय वामीको आयोजना एवं जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सम्पन्न उक्त अन्तरक्रियामा चुनावमा सुरक्षा व्यवस्था कसरी व्यवस्थापन गर्ने, तथा निर्वाचनलाई शान्त बनाउनको लागि के गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
उक्त अन्तरक्रियामा बोल्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद श्रेष्ठले निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित बनाउनको लागि प्रहरी एक्लैले केह ीगर्न नसक्ने भन्दै त्यसको लागि स्थानीय लगायत राजनैतिक दलहरुले पनि एक भएर साथ दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जलीका अध्यक्ष सुदर्शन शाक्य, वामीटक्सार युवा क्लवका अध्यक्ष मेग प्रसाद श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी सघं उपाशाखा वामीका अध्यक्ष दिनेश खाति, जिप व्यवसायी सघंका रुपकलाल श्रेष्ठ, वामी श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारी, व्यवसायी अग्निधर लोहनी, रिडि रुद्रवेणी वामीटक्सार मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी सापकोटा, नमुना आत्मनिर्भर महिला समुहकी अध्यक्ष सुमित्रा कुमारी भण्डारी, एमाओवादीका प्रतिनिधि बसन्त कार्की,समाजसेवी महेश श्रेष्ठ लगायत अन्य विभिन्न सघंसस्थाका प्रतिनिधिहरुको उपस्थििति रहेको थियो । साथै सोही अवसरमै जिल्ला प्रहरी कार्यालयको एक टोलीले वामीमा निर्माणाधिन ईलाका प्रहरी कार्यालयको भवनको अवलोकन पनि गरेको छ ।
अवलोकनका क्रममा भवनको सम्झौता अनुसार छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिएको बताईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग