Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी गुल्मीको चुनावी अभियान तिब्र

Published on 12:02:00 AM //

प्रेम सुनार
असौज २३, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले चुनावी अभियानलाई तिब्र पारेको छ । उसले क्षेत्र नम्वर १ को २५ वटै गाविसमा चुनावी अभियान सुरु गरेको छ । त्यस्तै क्षेत्र नम्वर २ र ३ का पनि पुरै गाविसमा चुनावी अभियान तिब्र परेका सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक दिनेश पन्थीले बताए । उनका अनुसार क्षेत्र नम्वर १ को निर्वाचन परिचालन समितिको संयोजक युवराज के सीको नेतृत्वमा अभियना तिब्र पारिएको छ । क्षेत्रिय परिचालन समितिका संयोजक के सींका अनुसार सो क्षेत्रको सम्पर्क कार्यालय जोहाङ खैरेनीमा स्थापनमा भएको छ । त्यस्तै क्षेत्र नम्वर २ को तम्घासमा र क्षेत्र नम्वर ३ को सिमलटारीमा स्थापना भएको छ ।
एमाओवादीले जिल्लाको क्षेत्र नम्वर ३ मा चुनावी अभियान अलि बढि तिब्र पारेका देखिएको छ । हस्तीचौरबाट सुरु गरिएको अभियान दर्लामचौर, दोहोली, ईस्मारजस्थल, छापहिले, अर्जै, अमरपुरमा पुगेको क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष भरत पाण्डेले बताए । उनका अनुसार आज अमरपुरबाट एमालेका सक्रिय कार्यकर्ता कृष्णबहादुर थापा र टोपेन्द्र सिंह महार्जन एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
अभियानका क्रममा ३ नम्वर क्षेत्रका उमेदवार वामदेव क्षेत्रिले अव ब्याक्ति बिशेषका लागि काम गर्ने नेता होईन, समाज र देशका लागि काम गर्ने नेता छान्न जनतासंग आग्राह गरेका छन् । ब्याक्ति बिशेष गरी समाजका हुने खाने टाउकेहरुलाई अगाडी सारेर चुनाव जित्ने परिपाटीको अन्त्य हुने कुरालाई जोड दिदै क्षेत्रिले अव जनताले त्यस्ता नेता र दलहरुलाई चिन्न आग्राह गरेका छन् ।
अभियानमा गुल्मीका चुनावी अभियान जन परिचानल समितिका संयोजक एवं केन्द्रिय सदस्य दिनेश पन्थी, ३ नम्वर क्षेत्रिय चुनाव परिचालन समिति संयोजक बुद्धि जि.सी., राज्य समिति सदस्यहरु देविराम अर्याल, सुर्यबहादुर बुढा, शाहिद परिवार जिल्ला अध्यक्ष घनाश्याम पराजुली, जिल्ला सदस्य दुर्गाचन्द्र बोहरा, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष भरत पाण्डे लगायतको सहभागिता रहेका छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग