Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकै परिवारका सातको हत्या

Published on 3:24:00 PM //

बग्दाद— इराकमा जारी रहेको हत्या हिंसाको शृंखलाअन्तर्गत त्यहाँको राजधानी राजधानी बग्दादमा शनिबार भएको पछिल्लो हिंसामा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।
प्राप्त समाचारमा सो हत्यामा एकै परिवारका सातजना सदस्य परेका बताइएको छ । दक्षिणी इराकको दुरा क्षेत्रमा हतियारधारीले एकै घरका बुबा आमा, चारजना छोरा र एक बुहारीको हत्या गरेका छन् ।

अज्ञात बन्दुकधारीले शनिबार बिहानै सो घरमा पसेर नपड्किने बन्दुकबाट हत्या गरेका प्रहरीले जनाएको छ।

त्यसैगरी बग्दादकै अर्को एक स्थानमा भएको आक्रमणमा तीन जना मारिएका छन् ।

मारिने परिवारका बुबा अल कायदा विरोधी समूह सवाका एकजना सदस्य थिए । उनले सन् २००६ मा बग्दादमा अमेरिकी सैनिक रहँदा सैनिक सेवामा प्रवेश गरी काम गरेका थिए ।

उनलाई विगत लामो समयदेखि सुन्नी मुस्लिम समुदायका लडाकूहरुले हत्याको धम्की दिइरहेका पनि प्रहरीले जनाएको छ। -एएफपीको सहयोगमा नागरिकबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग