Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतमा एक नेपालीको हत्या

Published on 3:20:00 PM //

कार्तिक १० - सीमावर्ती भारतीय बजार पानीटंकीस्थित रेलको लिक नजिकै एक नेपाली मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक रमेश बस्नेतले करिव ३५ वर्षको जस्तो देखिने आर्यन अनुहारको शवको टाउको, कन्चट र चिउडोमा चोट देखिएको बताए । कुटपिटपछि उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग