Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सीताले जन्माइन् तिम्ल्याहा

Published on 3:26:00 PM //

काठमाडौं– चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा फूलबारी ६, चितवनमा बस्ने सीता पौडेल सापकोटाले शुक्रबार तिम्ल्याहा बच्चा जन्माएकी छन् । योगेन्द्र सापकोटाकी श्रीमती सीता अस्पतालमा कात्तिक ४ गते भर्ना भएकी थिइन्।
अस्पतालले शुक्रबार विज्ञप्ति जारी गर्दै सीताले दुई छोरी र एक छोरालाई जन्म दिएको र तिनै बच्चाको स्वास्थ्य अवस्था राम्रो भएको जनाएको छ ।

पहिलो छोरी १६०० ग्रामको ११:४१ मा, दोस्रो छोरी २ हजार ग्रामको ११:४२ मा र तेस्रो छोरो १७०० ग्रामको ११:४३ मा जन्मेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग