Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माग्नेले नै चोरेर भागेपछी.......

Published on 11:50:00 AM //

प्रेम सुनार
कार्तिक ४, गुल्मी । छिमिकी जिल्ला अर्घाखाँचीमा हिजो दिउंसो सम्म घर घरमा मागेर हिड्ने एक ब्याक्ति चोरेर भागेको छ । मरेङ गाविस वडा नम्वर ८ का पुनाराम पाण्डेको घरको ओसारी (क्याम्प) गए राती फोरेर कालो वर्णको अन्दाजी ५५ वािर्षय अपरिचीत मानिसले पाण्डेको दौरा, सुरुवाल, कोट लगायतको कपडा र करिव २ हजार रुपैयाँ चोरेर भागेको स्थानिय समचार सहयोगी अमृत पाण्डेले जानकारी दिए ।
हिजो सम्म घर घरमा पसेर कतै मकै, चामल त कतै पैसा मागेर हिँड्ने उक्त ब्याक्तिले पाण्डेको घरमा बास वसी चोरेर भागेको उनले बताए । निजलाई देख्नु हुने ब्याक्तिले समातेर प्रहरीमा बुझाई दिन पिडित परिवारले आग्रह गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग