Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एनआरएनए अध्यक्षमा शेष घले विजयी

Published on 11:53:00 AM //

काठमाडौं, कार्तिक ४ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका धनाड्य शेष घले बिजयी  भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार घलेले अध्यक्षका अर्का उम्मेदवार तेञ्जी शेर्पालाई हराएका हुन् । राजधानीमा जारी छैठौ महाधिवेशमा घलेले ५ सय १० मत पाए भने शेर्पाले २सय ८० मत मात्र पाएका छन् ।

यसैगरी अन्य अधिकांश पदमा पनि घले सर्मथित पदाधिकारीकै वर्चश्व रहेको छ ।

यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन् ।

भट्टले ३ सय ४८, पन्तले ३ सय ९५, थापाले २ सय ७२ र केसीले ४ सय ७२ मत पाएका छन् ।

यसैगरी संघको एसिया संयोजकमा गंगा राई, उपसंयोजकमा रोविन्द्रप्रसाद श्रेष्ठ, यूरोप संयोजकमा अर्जुन श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका र अफ्रिका संयोजकमा हिक्मत थापा विजयी भएका छन् ।

अध्यक्षका प्रत्यासी घलेलाई समर्थन गर्दै थप तीन प्रतिस्पर्धीहरु रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनको विजय सहज भएको हो ।

सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भएयता यसअघि सर्वसहमतिमा नेतृत्व अध्यक्ष चयन हुँदै आएको भएपनि पहिलोपटक निर्वाचन प्रकृयामार्फत अध्यक्ष चुनिएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग