Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा एमाले क्षेत्र नं २ को चुनावी प्रचारप्रसार अभियान अन्तर्गत वामीमा कार्यकर्ता भेटघाट

Published on 11:46:00 AM //

सागर भण्डारी
कार्तिक ४, गुल्मी । नेकपा एमाले गुल्मी क्षेत्र नं २ को चुनावीप्रचार प्रसार अभियान अन्तर्गत आईतबार वामीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले गाउँ कमिटि वामीका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार एवं पूर्व सासदं प्रदिप कुमार ज्ञवालीले नेकपा एमालले २०४६ साल देखि लिएर ६२-६३ को जनआन्दोलनमा लोकतन्त्रको पक्षमा बोलिदान दिँदै आएको भन्दै राष्ट्रियता जोगाउनको लागि नेकपा एमालेको नेतृत्वक आवश्यक रहेको कुरामा स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै उहाँले आहिलेको दोस्रो निर्वाचन सगै मुलुकमा रहेका केही पक्षहरुबीच सघंर्ष चलेको र अहिलेको चुनाव सामान्य रुप नभई मुलुक एकताबद्ध हुने वा जातिय विघटन तर्फ जाने भन्ने कुराको फैसला हुने भन्दै अझै पनि केही शक्तिहरु जतियतको आधारमा सघिंयता बनाउनुपर्ने पक्षमा रहेको र कुनै पनि हालतमा जातियताको आधारमा सविंधान निर्माण हुन नसक्ने ठोकुवा समेत गर्नुभयो । थप बोल्दै ज्ञवालीले विगतको चुनावमा पनि वामीबासीहरुले  माया, विश्वास र साथ दिएको भन्दै आगामी दिनमा पनि यस्तै साथको आशा गरेको र उक्त साथको कदर गर्दै आफुले शरण गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा निर्वाचन परिचालन समिति सदस्य खडक बहादुर के.सी, नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा, नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य अग्नीधर लोहनी, जेष्ठ कम्युनिष्ठ लिग गुल्मीका सदस्य राम प्रसाद श्रेष्ठ, गाउँ कमिटी सदस्य हरिहर सापकोटा चुनाव प्रचार प्रसार समिति वामीका सयाेंजक चुरामणी सापकोटा लगायत स्थानीय पार्टी प्रति आस्थावान व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।साथै कार्यकर्ता भेटघाट पश्चात आझै नेकपा एमालेको चुनाव चिन्ह अकिंत झन्डा सहित वामी बजार पििरक्रमा गरिएको थियो । निर्वाचन परिचालन समिति वामीका सयोंजक महेश जि.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य प्रकाश काफ्लेले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग