Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भकुण्डेमा आयोजित फुटबलको उपाधि निलगिरी युवा क्लबलाई

Published on 1:16:00 PM //

रामकृष्ण बोहरा
बागलुङ । जिल्लाको भकुण्डेमा आयोजित निलगिरी फुटबल प्रतियोगीताको उपाधि आयोजक निलगिरी युवा क्लब भकुण्डेले जितेको छ । ‘खेलकुद र पर्यटन युवाको सरोकार, गाउँ विकासको प्रमुख आधार’ भन्ने नाराका साथ शुभ दिपालवलीको अवसरमा निलगिरी युवा क्लव भकुण्डेले आयोजना गरेको प्रतियोगिताको अन्तिम फाइनल खेलमा पैतेनी भञ्ज्याङ सामुदायिक बन उपभोक्ता समूहलाई पराजित गर्दै क्लबले उपाधि चुमेको हो ।
१२ समुहले सहभागिता जनाएको प्रतियोगीताको उपाधि बिजेता निलगिरी क्लबले नगद २५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ उप–विजेता बनेको सामुदायिक बनले नगद १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । निलगिरीलाई उपाधि दिलाउन रविन खड्का र सफल थापाले १÷१ गोलको योगदान गरेका थिए । पैतेनी भञ्जाङको तर्फबाट एक मात्र सान्त्वना गोल केशव थापाले गरेका थिए ।
फाइनल अघि भएको सेमी फाइनल खेलमा रामरेखा युवा क्लबलाई २–० गोल अन्तरले निराश बनाउदै पैतेनी बन समूहले फाइनल यात्रा तय गरेको थियो । सोही अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा उषा थापा मगर प्रथम स्थान हासिल गरेकी छिन् । प्रतियोगितामा रुपा थापा मगर द्धितिय, कुमारी थापाको समूह तृतिय र लक्ष्मी थापाले सान्त्वना स्थान प्राप्त गरेको क्लबले जनाएको छ ।
बिजेताहरुले क्रमशः नगद ३ हजार, २ हजार, १ हजार र पाँच सय प्राप्त गरेका छन् । कार्यक्रमको समापनका अवसरमा नेकपा एमाले बागलुङका जिल्ला उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार नरबहादुर थापाले राज्यले खेलकुद क्षेत्रको उपेक्षा गर्ने गरेको बताउदै आगामी निर्वाचनमा एमालेलाई बिजयी गराए उपयुक्त खेलकुद नीति निर्माण हुने बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग