Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा तातियो चुनावी माहोल, पार्टीहरुको चुनावी अभियान तीव्र

Published on 1:25:00 PM //

राम सुवेदी
बागलुङ, कार्तिक ११ । बागलुङका संविधान सभा निर्वाचन लक्षित चुनावी अभियानमा यहाँका विभिन्न दलहरु सक्रिय रुपमा गाउँ गाउँमा चुनावी अभियानलाई तीव्र पारिरहेका छन् । जस अनुसार एकिकृत नेकपा माओवादी बागलुङले संविधानसभाको निर्वाचनलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सम्पन्न गरेको बताएको छ । एकीकृत नेकपा माओवादीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ कोे लेखानिमा सञ्चालित घरदैलो अभियानमा उम्मेदवार कृष्ण केसीले जनतालाई अधिकार सम्पन्न बनाउने संविधान निमार्णका लागि एकिकृत नेकपा माओवादीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
अभियानमा पुर्व सभासद पुर्णबहादुर राना मगर, क्षेत्रिय अध्यक्ष प्रकाश घर्तिमगर, वाइसिएल अध्यक्ष नरेश केसी लगायतका नेताका सहभागिता रहेको थियो । यस्तै, क्षेत्र नम्बर २ को पैयुँपाटामा सञ्चालित घरदैलो कार्यक्रममा उम्मेदवार लिलाबहादुर थापाले एकिकृत नेकपा माओवादीलाई स्पष्ट बहुमत प्रदान नगरेका कारण अघिल्लो संविधानसभाले संविधान निर्माण गर्न नसकेको बताउदै पहिचानका पक्षधरलाई दुईतिहाई मत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै घरदैलो अभियानमा राज्य कमिटी सदस्य चित्र सापकोटा, क्षेत्रिय अध्यक्ष मदन काला, अखिल नेपाल किसान महासघंका सचिवालय सदस्य शोभाप्रसाद शर्मा, अखिल नेपाल महिला सघं क्रान्तिकारीका संयोजक चिनीमाया काला लगायतको सहभागिता थियो । यसैगरी एनेकपा माओबादीका मगरात राज्य कमिटी सदस्य कृष्ण सापकोटा नेतृत्वको टोलीले बिनामारे गाबिसको वडा नम्वर ६, ७ र ८ मा घरदैलो गरेको माओबादीले जनाएको छ । क्षेत्र नम्वर ३ को रणंसिहकीटेनीमा सम्पन्न घरदैलो अभियानमा उम्मेद्वार तुल्सी अर्याल सहितको टोलीले एमाओबादी बाहेक अन्य कुनै शक्तिले मुलुकलाई निकास दिन नसक्ने हुदा माओबादीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
यसैबीच जलजलामा इलाका ईन्चार्ज प्रेम बलामी, पाण्डवखानीमा राज्य कमिटी सदस्य गंगा भुजेल, गाबिस ईन्चार्ज धनबहादुर बुढा लगायतको टोलीले घरदैलो गरेको एनेकपा माओबादी क्षेत्र नम्वर ३ का अध्यक्ष राजिव घिमिरेले जानकारी दिए । यसैगरी, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को चुनावी अभियान अन्र्तगत तारा गाविसमा चुनावी सभा सम्पन्न भएको माओवादीको जनाएको छ ।
त्यसै गरि जिल्ल्लाको क्षेत्र नं. १ को तारा गाउँ विकास समितिमा नेपाली काँग्रेसको चुनावी अभियान सम्पन्न भएको बताइएके छ । उक्त कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेस मात्र सक्षम रहेको भन्दै नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गनुभएको थियो । कार्यक्रममा कांग्रेस क्षेत्र नं. १ का तर्फबाट प्रत्यक्ष उम्मेद्वारका रुपमा रहनुभएका हरिबहादुर खड्काले संविधान निर्माण र विकास निर्माणमा आफ्नो प्रतिवद्धता ब्यक्त गर्दै आफुलाई मत दिन आव्हान गर्नुभएको छ । कार्यक्रममा कार्यबाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्याय, पूर्वपार्टि सभापति हरिप्रसाद श्रेष्ठ, महासमिती सदस्य दिपेन्द्र थापा, जिल्ला सल्लाहकार दण्डपानी कंडेल, समानुपातिक उम्मेद्वार कोपिला बोहोरा, क्षेत्रीय सभापति होमबहादुर हमाल, क्षेत्रीय कोषाध्यक्ष हरी सुवेदी, तारा गाविसका बृहस्पति कंडेल लगायतले मन्तव्य व्यक्त गरेको बताइएको छ । कर्यक्रम तारा गाउँ पार्टि सभापति कलाधर सुवेदीको अध्यक्षता, भुवानन्द गैरको सञ्चालन र राजकुमार सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सभापछि उम्मेद्वार हरि खड्का सहितको टोलीले गाविसको विभीन्न ठाउँमा घरदैलो सम्पन्न गरेको छ । यस्तै, अभियान अन्र्तगत आइतबार बागलुङ नगरपालिकामा घरदैलोका साथै विहुँ र लेखानीमा क्रियाशिल कार्यकर्ता भेला सम्पन्न भएको छ ।
साथै भेलाले काशीराम कंडेलेको संयोजकत्वमा ३ सय ५१ सदस्यीय प्रचार प्रसार समिती र भुवन कंडेलको संयोजकत्वमा युवा परिचालन समिती गठन गरेको छ । कार्यक्रममा क्षेत्रीय सदस्य खिमानन्द पौडेल, यामदत्त कंडेल, सल्लाहकार फणिन्द्र गौतम, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सचिव खडक थापा लगायतले बोलेका थिए । काशीराम कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन नरेश कंडेलले गर्नुभएको थियो ।
यस्तै विहुँमा शिवप्रसाद कंडेलको संयोजकत्वमा ३ सय १ सदस्यीय प्रचार प्रसार समिती गठन गरिएको छ । भेलाले ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । नेपाली काँग्रेस विहुँका सभापति शिवप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय उपसभापति चन्द्रप्रसाद सापकोटा, सल्लाहकार शिवलाल आचार्य, मणिन्द्रप्रसाद गौतम, क्षेत्रीय सदस्य पशुपति सापकोटा, खिमानन्द कंडेल, यामदत्त कंडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्वविय सचिव खडक थापा लगायतले बोल्नुभएको बताइएको छ ।
उता, नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी अभियान अन्तर्गत आइतबार सल्यान गाविसमा चुनावी सभा सम्पन्न भएको छ । सल्यान ८ मा भएको सभामा बोल्दै नेपाली काँग्रेस पार्टी सभापति तथा क्षेत्र नम्बर २ का उमेदवार प्रकाश शर्मा पौडेलले अघिल्लो निर्वाचनबाट बामपन्थी हावी हुँदा संविधान बन्न नसकेको आरोप लगाउनुभएको छ ।  थप बोल्दै शर्माले, ‘अहिले चुनावबाट काँग्रेस पहिलो पार्टी बन्ने दावी गर्दै नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममामहासमिती सदस्य हरि आचार्य र भीम श्रीष, महाधिवेसन प्रतिनिधी नवराज पौडेल, काँग्रेस बागलुङका जिल्ला सदस्य सागर परियार, प्रजातान्त्रिक विचार मन्चका केन्द्रीय सदस्य कमलराज सापकोटा, नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधी पूर्ण खत्री, शिक्षा क्याम्पस काठमाण्डौका पूर्व स्ववियु सभापति डिल्ली सुवेदी, क्रियाशिल सदस्य ईन्द्र खत्री हरिकृष्ण शर्मा र यामबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सल्यान गाउ सभापति रणबहादुर खत्रीको अध्यक्षतामा सम्पन्नकार्यक्रममा तरुण दलका सचिव अमृत गौतमले स्वागत र संचालन गाउँ सहसचिव प्रेम खत्रीले गर्नुभएको बताइएको छ । उता अभियानका क्रममा बाटाकाचौर गाविसको दुई स्थानमा कोण सभा सम्पन्न भएको छ । कोणसभालाई उम्मेदवार प्रकाश शर्मा पौडेल, महासमिती सदस्य हरि आचार्य, भीम श्रीस, नेपाली काँग्रेस जिल्ला सचिव ओमकार थापा, महाधिवेसन प्रतिनधी नवराज पौडेल, इन्द्रराज पौडेल, नेपाल शिक्षक संघ केन्द्रीय सदस्य नारायण पौडेल, तरुणदल जिल्ला सदस्य मदनबहादुर कार्की, नेविसंघका विनीशा न्यौपाने लगायतेले मन्तव्य व्यक्त गनुभएको थियो ।
उता भिमगीठे र बरेङमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको छ । भिमगीठेमा भएको चुनावी सभामा राष्ट्रिय जनमोर्चाका बागलुङ जिल्ला अध्यक्ष अमर थापा, बागलुङ क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार धर्मबहादुर कुवँर, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भिमसेन वन लगायतले बेलेका थिए ।
त्यस्तै क्षेत्र नं. २ को बरेङमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधा गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले संघियता खारेज नभएसम्म देशमा संबिधान नवन्ने दाबी गर्नुभएको छ । उहाँले थप बोल्दै , बिगतको संबिधान सभाबाट संघियताका कारण संबिधान बन्न नसकेको उल्लेद गर्दै संघियता खारेज नभएसम्म अब हुने संबिधानसभाले पनि संबिधान निर्माण गर्न नसक्ने बताउनुभएको छ । आगामी मंसीर ४ गते हुने संबिधानसभा चुनावमा आफ्नो मताधिकारलाई सहि रुपमा सदुपयोग गरि राष्ट्रलाई बिखण्डन हुन बाट बचाउन संघियताको बिरोधमा रहेको राष्ट्रिय जनमोर्चालाई मत दिन सवैलाई आग्रह गर्नुभएको छ । समानुपातिक तर्फका उम्मेदवार समेत रहेका केसीले संबिधानसभाको निर्वाचनमा बिकासे कुरा गरेर जनतालाई झुट्टा आश्वासन नदिनका लागि अन्य राजनैतिक दललाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उमेदवार राजेन्द्र ढुङ्गाना, पूर्वसभासद तथा समानुपातिक उम्मेदवार मिना पुन, जातिय समता समाजका केन्द्रिय अध्यक्ष राजेश बिक र राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रिय सदस्य कृष्ण थापाले संबिधानसभा निर्वाचनमा जनमोर्चाका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभएको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चाका सल्लाहकार गुणनिधी शर्माको अध्यक्षता, एरिया सचिव पूर्णबहादुर पुनको स्वागत र अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
मंसिर ४ गते हुने अर्को संबिधानसभाको निर्वाचनलाई लक्षित गरि शुरु गरेको चुनावी अभियान अन्तरगत क्षेत्र नम्वर १ को बिहुँ गाविसमा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव तिलक थापा र क्षेत्र नम्वर १ का उमेदवार तिर्थसिंह थापाले राष्ट्रियताको रक्षाका लागि आगामि संबिधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । कार्यक्रम राष्ट्रिय जनमोमर्चाका ग्राम अध्यक्ष बलबहादुर बिकको अध्यक्षता, कोषाध्यक्ष पृथ्वीलाल कडेल को स्वागत र अखिल छैठौका केन्द्रिय सदस्य सागर कुँवरकोसंचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकारले जनवादी गित नृत्य प्रस्तुत गरेको जनमोर्चा बागलुङले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग