Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला संघ गाउँ समिति पनि तातियो चुनाव प्रचारमा

Published on 1:11:00 AM //

केशव भण्डारी
गुल्मी, कार्तिक १३ । नेपाल महिला संघ, तमघास गाउँ समितिको चुनाव प्रचारप्रसार समिति गठन अभियान अन्तर्गत बुधवार तम्घासको वार्ड नं. ५ र ६ को छुट्टाछुट्टै भेला सम्पन्न भएको छ । वार्ड नं. ५ को भेलाले मिना भलामीको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचार प्रसार वार्ड समितिको गठन गरेको छ ।
त्यस्तै वार्ड नं. ६ मा शोभा मरासिनीको संयोजकत्वमा ५५ सदस्यीय चुनाव प्रचारप्रसार वार्ड समितिको गठन गरेको छ । भेलालाई प्रमुख अतिथि नेपाली काँग्रेस, संघीय विभागका केन्द्रीय सदस्य धना भण्डारीले क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताउनका लागि हरेक बस्ती बस्तीबाट जुट्नुपर्ने बताउँदै सबै दिदीबहिनीहरुलाई एक भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य मिना पन्थ र सिता बलाल, नेपाली काँग्रेस तमघास गाउँ समितिका सभापति अखिलश्वरप्रसाद पाण्डेय, सचिव छवि पाण्डे र लक्ष्मी पाण्डे, नेपाल महिला संघका तमघास गाउँ समिति सभापति अमृतादेबी कुवँर लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भेलामा संघकै सह–संयोजकहरु ग्ांगादेवी पाण्डे र दुर्गा पोखरेल, नेपाली काँग्रेस तमघास गाउँ कार्य समितिका सदस्यहरु पार्वती गौतम, कृष्ण पाण्डे, महिला संघका तारा पौडेल, सिता आचार्य, निर्मला के.सी. वार्ड नं. ६ का पार्टी सभापति डिल्लीराज पाण्डे, राष्ट्रिय मगर संघ तमघासका अध्यक्ष धनबहादृुर श्रीस, सदस्य झकबहादुर श्रीस, रविन्द्र श्रीस लगायतको विशेष आतिथ्यता रहेको थियो । सोही भेलाले वार्ड नं. ५ मा धनबहादुर श्रीस संयोजक र यमबहादुर विश्वकर्मा, रविन्द्र श्रीस र झकबहादुर श्रीस सदस्य रहेको सल्लाहकार समितिको गठन गरेको छ । त्यस्तै वार्ड नं. ६ मा मिना पन्थ संयोजक र गंगादेबी पाण्डे र डिल्लीराज पाण्डे सदस्य रहेको सल्लाहकार समितिको चयन गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग