Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हंसपुरमा कांग्रेसको चुनाबी प्रचार-प्रसार कार्यक्रम

Published on 1:09:00 AM //

केशव भण्डारी
गुल्मी, कार्तिक १३ । नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा.रामबहादुर बिसीले लोकतान्त्रीक संबिधान निर्माण नै काँग्रेसको मुख्य एजेण्डा रहेको बताउनु भएको छ । उँहाले नेपाली काँग्रेस प्रति देसभर नै जनलहर चलेकाले काँग्रेसलाई दुई तिहाई मतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । नेपाली काँग्रेसले चुनाबि प्रचार प्रसार अभियान अन्तर्गत हंसपुर गाविसको रतनमारेमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै नेता बिसीले नेपाली जनताको पक्षका साथै गरिब र निमुखा बर्गको संबिधान लेखिने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेका आरोप लगाउँदै नेपाली जनताको लोकतान्त्रिक संबिधान निर्माण गर्नका लागि पनि जनताले काँग्रेसलाई पहिलो पार्टी बनाउने बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला सचिब बासुदेब आचार्य, समानुपातिक उम्मेदवार निर्मला क्षेत्रि,  काँग्रेसका अंचल समन्वय समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, कोषाध्यक्ष हरिबहादुर खड्का, जिल्ला सदस्यहरु भोज बहादुर बस्नेत, केशब श्रेष्ठ आमन्त्रित जिल्ला सदस्य माधब भुसाल, बाबुराम पौडेल, क्षेत्रिय सचिब बिष्णु क्षेत्री नेपाल महिला सघंकी सभापति शुशिला खनाल, उपाध्यक्ष राधा आचार्य, नेपाल दरुण दलका रमेश श्रेष्ठ, नेबिसंघका सभापति बिजय क्षेत्री भुतपुर्ब सैनिक संघका सभापति गोपाल अर्याल, उपाध्यक्ष राम बहादुर परियार, नेपाल दलित संघका सभापति मणि परियार, क्षेत्रिय सदस्य कबिराज थापा, बैकुठ थापा, धर्म खनाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला सचिब लोकेन्द्र सब कको संचालन हसंपुरका सभापति कृष्ण बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग