Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेको अखडामा कांग्रेसको आमसभा र चुनाबी प्रचार

Published on 1:25:00 AM //

केशव भण्डारी
गुल्मी, कार्तिक १३ । एमालेको अखडा मानिने गुल्मी विरबासका विभिन्न स्थानमा बुधबार नेपाली काँग्रेसले आमसभा तथा चुनावी प्रचार अभियान सम्पन्न गरेको छ । सभामा नेकपा एमाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गर्ने नवप्रबेशीहरुलाई अविर तथा फुलमालाले स्वागत गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अबिर र माला लगाईदिएर स्वागत गर्नुभएको थियो । सोही अवसरमा भण्डारीले नव प्रवेशीहरुको भावनालाई आफुले सधै उच्च सम्मान गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
भण्डारीले नेपाली काँग्रेसको नेतृत्व बिना मुलुकले राजनीतिक निकास पाउन नसक्ने दाबी गर्नुभयो । बिरबासको भट्टेचौर, अड्डाँडा र बाख्रेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य एबं प्रत्यक्ष उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेसमा विरबासबासीको उल्लेख्य प्रबेशले आफु थप उत्साहित तथा उत्तरदायी बनाएको बताउनुभयो । उहाँले राष्ट्रको संरक्षणका लागि काँग्रेसको जीत अपरिहार्य रहेको बताउनुभयो । सही राजनीति दल र सही व्याक्तिको नेतृत्वको अभावले संविधान निर्माण हुन नसकेको उहाँले दाबी समेत गर्नुभयो । अब हुने संविधानसभाको निर्बाचनमा काँग्रेसले बहुमत लिएरै छाड्ने दाबी गर्दै उम्मेदवार भण्डारीले त्यसपछि मात्र मुलुकले स्थायी निकास पाउने दाबी गर्नुभयो ।
अब काँग्रेसले मुलुकको स्थायी निकाससँगै भौतिक पुर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, रोजगार जस्ता मुद्धाहरुलाई प्राथमिकताका साथ अगाडी लिएर जाने उहाँले बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति एबं समानुपातिक उम्मेदवार चन्द्र के.सी.ले विकास निर्माण तथा मुलुकको निकासका लागि काँग्रेसको अहम भूमिका रहेको र सधै रहिरहने बताउनुभयो । उहाँले काँग्रेसको बहुमत नआएकाले संविधान बन्न नसकेको आरोप समेत लगाउनुभयो ।
बुधवार विहान अडडाँडा भन्ने स्थानमा सम्पन्न कार्यक्रममा कुमार सोमैको नेतृत्वमा त्यस क्षेत्रका स्थानीयबासी नेपाली काँग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस गुल्मीले गुल्मीन्युजलाई जानकारी दिएको  छ । लगत्तै विरबासकै भट्टेचौरमा भएको कार्यक्रममा पनि मिसुगा क्षेत्रका वडा नागरिक मञ्चका अध्यक्ष सुबेदार थम्मनबहादुर ढेँगा सहितका ५० घर परिवारका सबै व्याक्तिहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
कार्यक्रममा उपसभापति भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य श्रीप्रसाद भलामी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी लगायतले आसन्न संविधानसभाको निर्वाचन र काँग्रेसको भूमिकाका बिषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व जिल्ला अध्यक्ष प्रेम पुन, राष्ट्रिय मगर संघका जिल्ला सचिव भरत भलामी, तमघास गाउँ कार्य समितिका प्रकाश भलामी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठ, सदस्य ताराप्रसाद भुसाल, विरबासका कार्यबाहक पार्टी सभापतिन केशब कण्डेल, लिलबहादुर बलाल, कुलराज कण्डेल, फर्सबहादुर कार्की, नेपाल तरुण दलका उदय थापा, बाबुराम कण्डेल लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भुपेन्द्र कण्डेल र पोष्टराज कण्डेलले गर्नुभएको थियो ।
यसैविच गुल्मीको क्षेत्र नं. ३ अन्तर्गत इश्मा दोहोलीमा पनि चुनावी सभा आजै सम्पन्न भएको छ । सभापति केशव रिजालको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि काग्रेस क्षेत्र न. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रताप सेनले जनताको संविधान निर्माण, मुलुकको सम्बृद्धि र शान्तिका लागि नेपाली काँग्रेस सधै प्रतिव्रद्ध रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वले मात्रै जनताको बास्तबिक संविधान दिन सक्ने दाबी गर्दै आफ्नो पार्टी सधै जनताप्रति समर्पित तथा उत्तरदायी रहेकाले संविधानसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याएरै छाड्ने बताउनुभयो । सोही सभामा विशेष अतिथि पुर्व संसद एवं निर्वाचन प्रचार प्रसार समिति संयोजक रुद्रमणी शर्मा भण्डारी, जिल्ला सहसचिव हरिबहादुर के.सी. पार्टीका जिल्ला संगठन विभाग प्रमुख शालिक पन्थी, क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधी एवं इलाका नं. ११ का इन्चार्ज महेन्द्र भण्डारी, महाधिबेशन प्रतिनिधी कृष्ण नेपाली, पार्टीका आमन्त्रित जिल्ला सदस्य थम्मन के.सी, सुरेन्द्र के.सी. पुर्व क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, क्षेत्रीय कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठ, तरुण दलका जिल्ला सदस्य चुराबहादुर के.सी., जिल्ला सदस्य केशब भण्डारी, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य युवराज भण्डारी, दोहोलीका पुर्व पार्टी सभापति क्याप्टेन बिनबहादृुर थापा, इश्मा रजस्थल पार्टी सभापति कुलचन्द्रं कुवँर, दर्लामचौरका पार्टी सभापति पदमबहादुर कुवँर, इश्मा रजस्थलका तरुण दल सभापति झविन्द्रं अर्याल, दोहोली २ का ओमबहादुर गुरुङ्ग लगायतले पार्टीको भूमिकाका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । मनबहादुर दर्लामीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका क्षेत्रीय सहसचिव भगतसिँह खड्काले गर्नुभएको थियो । यसअघि इश्मा रजस्थल वार्ड नं. २ को वार्ड भेलामा पनि प्रमुख अतिथि उम्मेद्वार सेनसँगै क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधी महेन्द्रप्रसाद भण्डारी, क्षेत्रीय सहसचिव भगतसिँह खड्का, गाउँका पार्टी उपसभापति डम्मरबहादुर विष्ट लगायतले मन्तव्य राख्नुभएको थियो । पार्टी सभापति कुलचन्द्र कुवँरको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
यसैविच नेपाली काँग्रेस क्षेत्र नं. १ को आयोजनामा आँपचौरको इन्द्रेगौणामा आफ्नो चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का उम्मेद्वार प्रध्यापक डा. कृष्णबहादुर छन्तेल थापाले नेपाली काँग्रेसमा देशैभरी चलेको जनलहरले बहुमत ल्याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । सभामा महासमिति सदस्य हिरामणी अर्याल, महाधिबेशन प्रतिनिधी बेद थापा मगर, जिल्ला कार्य समिति सदस्य विष्णु थापा लगायतले मन्तव्य राख्दै नेपाली काँग्रेसको भूमिका बारे प्रकाश पार्नुभएको थियो । सोही अवसरमा बयोवृद्ध श्यामकला भट्टराई, गुनाखर भट्टराई लगायतलाई पार्टीले सम्मान समेत गरेको थियो । नेपाली काँग्रेस आँपचौर गाउँ कार्य समितिका सभापति रुद्र खरेलको अध्यक्षतामा सम्पन्न आम सभाको सञ्चालन जिल्ला प्रतिनिधी गोविन्द गौतमले गर्नुभएको थियो । त्यस्तै क्षेत्र नं. १ को दिब्रुङ्ग गाविसमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय सभापति पारिश्वर ढकाल सहितको प्रचार प्रसार समितिले ठुलो लुम्पेक गाविसका विभिन्न स्थानमा घरदैलो अभियान सम्पन्न गरेको क्षेत्रीय समितिले जनाएको छ ।
यस्तै पुर्कोट दहमा नेपाली कांग्रेसले वडा नम्बर ६, ७ र ८ मा चुनाव प्रसार समितिको गठन भएको छ । प्रचार प्रसार समितिको संयोजकमा लेख बहादुर खत्री, उप संयोजकमा यम बहादुर केसी र निम बहादुर थापा लगायत ७१ सदस्यी सदस्य रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य विष्णु पन्थी, महासमिति सदस्य विष्णु कुँवर, जिल्ला कार्य समितिका सदस्य ईश्वरा कुँवर, गाउँ ईकाई समतिका सभापति यमबहादुर कुँवर, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियु सह सचिव जगदिश पौडेल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै चुनाव प्रचार प्रसारका लागि सोही अवसरमा महिला प्रचार प्रसारसमितिको गठन गरेको छ । नन्दा जिसी संयोजक रहेको समितिमा ५१ सदस्य रहेका छन् । समितिको संह संयोजकमा तारा केसी, गन कुमारी महतरा लगायत अन्य रहनुभएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग