Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो पुष्पाञ्जली गुल्मीद्धारा शुभकामना आदान प्रदान

Published on 10:57:00 PM //

सागर भण्डारी
गुल्मी, असौज २४ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा आज सामुदायिक रेडियो पुष्पाञ्जलीले रेडियोका सेयर सदस्य तथा कर्मचारीहरु बीच शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियोका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता रहेको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा सिसाखानी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष यामेन्द्र घर्तीको विशेष उपस्थिति रहेको थियो । रेडियोका प्राविधिक निरन बौद्धाचार्यको शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई विजया दशमीको शुभकामना दिँदै सञ्चालक समितिका सचिव सरोजराज बौद्धाचार्यले सम्पूर्ण कर्मचारीहरुलाई हिनताबोध नगरी मेहनतका साथ निष्पक्ष भएर आफ्नो कार्यसम्पादनमा लाग्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै शुभकामना दिने क्रममा सञ्चालक समितिका उपाध्यक्ष भिमसेन के.सी, कोषाध्यक्ष दिनेश खाती, सदस्य गोपाल बौद्धाचार्य तथा रेडियोका कार्यकारी प्रमुख कौरव खत्री तथा प्रस्तोता सागर भण्डारी लगायतले भर्खरमात्र रेडियो अझैसम्म बाल्यवस्थामा रहेको र यसलाई हुर्काउदै किशोरावस्था, युवावस्था हुदै वयस्क बनाउनको लागि सम्पूर्ण कर्मचारीहरुले अनुशासित भएर काम गर्नुपर्ने भन्दै वडा दशैको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन रेडियोका कार्यक्रम प्रमुख बसन्त खत्रीले गनुृभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग