Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैंको बेला गाडीवालालाई मौकामा चौका, दोब्बर भाडा असुल्दै

Published on 2:31:00 AM //

प्रेम सुनार
असौज २४, गुल्मी । चाड पर्वलाई ध्यानमा राखी प्रशासनले दशैंका यात्रुहरुलाई आवत-जावत सहज यात्रा र सहुलियत भाडा दरको ब्यबस्था परेपनि कार्यन्वयन हुन नसक्दा यातयात ब्यबसायीहरुबाट मनपरी भाडा असुल्ने गरिएको छ ।
जिल्लाको धुर्कोट, भनभने, पुर्कोटदह, म्यालपोखरी, बाँझकटेरी, मलागिरी अग्लुङ्ग सम्मका यात्रुहरुले निर्धारित भाडा दर भन्दा दोब्वर भाडा असुल्ने गरेका छन् । सदरमुकाम तम्घासबाट बाँझकटेरी सम्म ३ सय ५० रुपैयाँ निर्धारित भाड दर भएपनि चालक, सहचालकहरुले ७ सय रुपैयाँ लिने गरेको स्थानियवासीले गुनासो गरेका छन् । त्यस्त तर्फ जाने जिपहरुले जिपको छत, भित्र कोचिकचाउ मान्छे लैजाने र टिकट नदिई मन परी भाडा असुल्ने गुनासको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले त्यसो त उजुरी आए तत्काल कार्बाही गरिने बताए । ‘जिल्लाका कच्ची सडकमा प्रति किलो मिटर ९ रुपैयाँ भाडा दर हो ’ ढकालले भने–‘ हामीले दशैको अवसरमा त्यसमा प्रति किलो मिटर ८७ पैसा घटाएका छौं ।’ तपाईले त्यसो भने पनि भाडा दर दोब्बर असुलेका छन् नि भन्ने प्रश्नमा ढकालले भने –‘बढि रकम असुलेको टिकट प्रमाण सहित उजुरी आए हामी कार्बाही गर्नेछौं ।’
विच स्थानबाट गाडी चढ्नेहरुलाई टिकट दिने चलनै छैन कसरी टिकट प्रमाण ल्याउने त भन्ने प्रश्नमा ढकालले विना टिकटको प्रमाण नलाग्ने भएको भन्दै अनिवार्य यात्रुहरुले टिकट लिएर यात्र गर्न आग्राह गरे । जिल्लाका अन्य सडकहरुमा पनि मन परी भाडा असुल्ने गरेको गुनासो आएको छ । विशेष गरी भारतबाट आउने सोझा नेपालीहरु ठगीने गरेको बताईन्छ । टिकट भाडा र झोला झिम्टी भाडा पनि अनुचित किशिमले लिने गरेको गुनासोका सम्बन्धा ढकाललले त्यस्तो कतै पाईए उजुरी दिन सुझाए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग