Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्कोटमा एमालेको यूवा भेला

Published on 11:48:00 PM //

बिष्णु पौडेल
गुल्मी, कार्तिक २ गते । नेकपा एमाले पुर्कोटदह गाउँ कमिटिको आयोजनामा यूवा भेला सम्पन्न भएको छ । भेलाले हरि विकको संयोजकत्वमा ५३ सदस्यीय यूवा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सचिवमा अनिल कुँवर रहनुभएको छ ।
भेलामा क्षेत्रीय सदस्य टोकम कँुवर, पुर्व गाविस उपाध्यक्ष शिवलाल घर्ति, गाउँ कमिटि अध्यक्ष गोविन्द कुँवर, उपाध्यक्ष गुमानसिंह जिसी, दुर्गा वहादुर थापा लगायतले चुनावमा एमालेको विजयीको आवश्यकतामाथि प्रशिक्षण मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैविच नेकपा एमाले हस्तिचौर वडा नं. १ मा चुनावी प्रचार भेला सम्पन्न भएको छ । जिल्ला कमिटि सदस्य टिका रेश्मीको प्रमुख आतित्थ्यतामा भएको भेलामा तीन नम्वर क्षेत्रीय सचिवालय सदस्य जगत केसी, क्षेत्रीय सदस्य कृष्णवहादुर रायमाझी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा इन्द्रवहादुर कुँवरको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ । कार्यक्रम गाउँ कमिटि अध्यक्ष राममल्ल ठकुरीको अध्यक्षता तथा सचिव नारायण कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग