Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा लोक गायक खुमन अधिकारी सम्मानित

Published on 4:26:00 AM //

घनस्याम पराजुली (कृष्ण), दोहा – स्याङ्गजा सहयोग समाज कतारले चर्चित लोक गायक खुमन अधिकारीलाई सनैयाको ग्रिन्स रेष्टुरेन्टमा विशेष कार्यक्रमका विच सम्मान गरेको छ ।

स्याङ्गजा जिल्लाको छाप गाविसमा जन्मेका अधिकारी आज नेपालको चर्चित लोकगायकको रुपमा स्थापित भएका छन। आफ्नो कला र क्षमताले लोक गित गाएर आफ्नो जिवनको मोडनै परिवर्तन गर्ने र सवैको मनमा सजाउन सक्ने गायकलाई कतारमा कार्यरत उनका जिल्लावासीहरुले सम्मान गरेका हुन।

स्याङ्गजा सहयोग समाज कतारका अध्यक्ष टुकराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी संस्थाका संरक्षक राजेश दर्शन अर्याल, विशेष अतिथी लोकगायक खुमन अधिकारि ,अतिथिहरुमा एनआरएन कतारका सदस्य गोप सुनार र चोलाकान्त वि क, संस्थाका निवर्तमान सह सचिव घनस्याम पराजुली, मोहम्मद अलि, बुद्धि प्रसाद भण्डारी, ईकाई तथा विभाग प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए भने उल्लेख्य मात्रामा स्याङ्गजावासीहरुको उपस्थिती रहेको थियो। संस्थाका सचिव हुमनाथ ग्रह्रेले संचालन गरेको कार्यक्रमलाई स्वागत मन्तव्य प्र उपाध्यक्ष रामु बस्यालले राखेका थिए।

दिप प्रज्वलन तथा राष्टिय गानबाट उद्घाटन गरिएको कार्यक्रमलाई नवप्रतिभा साँस्कृतिक विभागले मनोरन्जनात्मक बनाएको थियो। यो समुह कतारमा शुरु हुदै गरेको नेपाली सांगितीक मेला २०१३ को प्रतियोगितामा भाग लिदै छ।

कार्यक्रममा संस्थाका अध्यक्ष ,प्रमुख अतिथि तथा उपस्थित सबैले गायकलाई पालैपालो खादा ओडाएर सम्मान गरेका थिए भने खुसी हुदै लोकगायक अधिकारीले प्रवासमा रहेर कार्यरत दाजुभाईहरुको यो सम्मान र माया  बाबुआमाको माया भन्दा बढी रहने साथै आज कतारमा संस्थाले गरेका कामहरु र प्रगति देखेर अत्यन्तै हर्षित रहेको बताए। भोलीका दिनमा यस संस्थाबाट हुने कुनै पनि साँस्कृतिक कार्यक्रमको सहयोगका लागि सदैव तयार रहने उनले बताए।

कार्यक्रममा भर्खरै बजारमा आएको गित दशैको शुभकामना  र स्याङ्गजालीलाई नभन जाली सुनाएका थिए। आफ्नो सस्कृतीलाई जर्गेना गर्नका लागी प्रवासमा यो संस्थाले अभियानका रुपमा अघाडी बढाउनु पर्ने भन्दै प्रमुख अतिथीले कतारमा शुरुभईरहेको प्रतियोगिताको लागि साँस्कृतिक समुहलाई शुभकामना दिएका थिए। सभापतिको आशनबाट अर्यालले उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए साथै यस कार्यक्रममा राष्ट्रकै गहना नेपाली कलाकार तथा जिल्लावासीको रुपमा लोकगायक लाई सम्मान गर्न पाउनु यो संस्थाको लागी गर्वको कुरा रहेको बताए।

विजया दशमी तथा बक्र ईदको अवसरमा आयोजित शुभकामना साझँ २०१३ को कार्यक्रमका लागि कतारमा खुमन अधिकारी लगाएत १० जना कलाकार कतार आएका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग