Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारी गाडी लिएर ठुलोबुवाको हातको टिका लगाउन पुगे जिल्ला न्याधिष

Published on 7:13:00 PM //

राम सुवेदी
कार्तिक २, बागलुङ । पाल्पाका जिल्ला न्यायधिस तथा जिल्ला निर्वाचन अधिकृत समेत रहनुभएका दयानाथ खरेलले सरकारी गाडि लिएर बुर्तिबाङ आएपछि स्थानीय बुद्धिजीवी, राजनीतिक दल तथा स्थानीयको ध्यान तानिएको छ ।  
नेपाल सरकारले आफ्नो मातहतका कार्यालय तथा उच्च ओहोदाका कर्मचारीहरुलाई कार्यक्षेत्रमा सञ्चालन गर्न र जनताको सेवा छिटो छरितो होस् भन्दै विभिन्न सेवा सुविधासँगै गाडि सुविधा दिएको छ । यस्ता सवारी साधनहरुको प्रयोजनमा दुरुपयोग भए भन्ने समाचारहरु विभिन्न समयमा सुनने गरिएको भएपनि मातहतका कर्मचारीहरुले त्यस विषयमा ध्यान दिन भने सकिरहेका छैनन् ।  यतिवेला देशमा चुनावी माहोल त्यससँगै जोडिएर दशै पर्वपनि सकिनै लाग्दा पाल्पा जिल्ला न्यायधिस सम्मको महत्वपूर्ण ओहोदा सँगै आसन्न संविधानसभा निर्वाचन प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएका दयनाथ खरेलले सरकारी गाडि लिएर टिका लगाउन भन्दै आएको बताउनुभएको छ ।
उहाँको पूरानो घर अधिकारीचौर भएपनि हालको वसाई भने अन्यत्रै छ । ‘‘दशैका वेला अधिकारीचौर स्थित आफ्ना ठूलो बुवाको हातको टीका लगाउन आफू यहाँ आएको उहाँले बताउनुभएको छ । खरेलका अनुसार सडक डिभिजनको कार्यलय पाल्पाको गाडि उसको कार्यक्षेत्र वामीसम्म रहेकाले त्यहाँ आएकोवेला आफूले अनुरोध गेरेर यहाँ सम्म ल्याएको र हाल अन्यत्र कतै नहिडाई ईलाका प्रहरी कार्यालयका राखेको भोलि पाल्पा फर्कने बताउनुभयो । उता सडक डिभिजनको कार्यालय पाल्पाका कार्यालय प्रमुख कर्ण रानाभाटले भने गाडि आफ्नो कार्यालय मातहतको भएपनि निर्वाचन प्रयोजनमा आवश्यक प¥यो भनेकाले निर्वाचन कार्यालयका नाममा कागजात गरि सुम्पेको र उक्त गाडि हाल निर्वाचन कार्यालयकै मातहतमा चलेको भन्दै यस विषयमा आफूलाई थाहा नभएको बताउनुभएको छ ।  
यसरी सरुकारी गाडिलाई सरकार मातहतमा रहेका कर्मचारीले व्यक्तिगत प्रयोजनमा ल्याउन मिल्ने कि नमिल्ने त्योे त आफैपनि न्यायाधिस जस्तो सम्मानीय ओहोदामा रहनुभएका व्यक्तिलाई पक्कै थाहा हुनु पर्ने, किन यस्तो भयो भन्ने प्रश्नमा खरेलले, ‘‘सरकारी गाडि न हो, त्यसैमा आफू पाल्पाको निर्वाचन अधिकृत भएकाले रिडिसम्म बुथको विषयमा बुझ्न आएको बखत यता तिर पनि आएको भन्दै आफैमा बाझिने कुरा गर्नुभएको छ ।
राज्यको सम्पत्ति राज्यमातहतका जनताका सेवामा खटिने महत्वपूर्ण ओहोदाका कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा हिँडाउनु पर्छ, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर तथा व्यक्तिगत प्रयोजनमा सरकारी सवारी साधनहरु प्रयोजनमा आए त्यस वखत सरकारी सवारीको सरासर दुरुपयोग हुन्छ । यसरी न्यायलयमै रहनुभएका न्यायाधिसबाट समेत यस्ता विषयमा ध्यान दिइएन भने भोलि कस्तो संस्कारको विकास होला आम जनतालाई पनि कौतुहलता लाग्नु स्वाभाविकै हो । हामी सजिलै बुझ्छौं, खरेल पाल्ला जिल्ला न्यायधिस हुनुहुन्छ, सँगै जिल्लाको मुख्य निर्वाचन अधिकृत पनि उहाँ चढेको सरकारी गाडि आफ्नो कार्यक्षेत्र पाल्पामा चल्नु पर्छ यानकी उपल्लो ओहदाको मान्छे भनेर उहाँले आफूखुसी राज्यको सम्पत्ति व्यक्तिगत प्रयोजनमा ल्याउन पाउनुहुन्न । यहाँ प्रश्न उठ्छ यस्तै गरि कसैले सरकारी सम्पत्तिको दुरुपयोग गरे भन्ने मुद्धा अदालतमा पुगेभने कस्तो बहश होला र कस्लाई कस्तो कार्वाही गरिएला  ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग