Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाम बुद्धिजिवी खगेन्द्र संग्रौला गगन थापाको प्रचारमा

Published on 7:17:00 PM //

काठमाडौं, २ कार्तिक। मंसिर चारमा हुने संविधानसभाको चुनावको लागि दलका उमेद्वारहरु मत माग्न घरदैलोमा पुग्ने क्रम शुरु भएको छ। यसै क्रममा काँग्रेस नेता तथा काठमाडौं काँग्रेस क्षेत्र नम्बर चारका उमेद्वार गगन थापा दोस्रो दिन चाहविल क्षेत्रमा चुनावी अभियानमा जुट्नु भएको छ। वडा नम्वर ७का विभिन्न टोलमा गगन थापा आफ्ना समर्थकहरु सहित चुनावी प्रचार गर्दै घरदैलोमा मत माग्न जानु भएको हो।

काँग्रेस उमेद्वार गगन थापा वडा नम्वर सातको मिर्मिरे टोलमा पुग्दा बाम बुद्धिजिवी खगेन्द्र संग्रौलाले हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो। संग्रौलाले थापालाई घरमा लगेर टीका लगाइ विजयको शुभकामना दिनुभएको थियो। घरमा सकिएको अबिर लिन संग्रौलाकी श्रीमती जमुना गुरुङ संग्रौलाले खगेन्द्रलाई पसलमा पठाउनुभएको थियो।

आफूले ल्याएको अबिरले श्रीमतीले थापालाई टीका लगाइदिएपछि संग्रौला दम्पतीले थापालाई सगुनको रुपमा दही खुवाएर जीतको आशिर्वाद दिनुभएको थियो। साथमा श्रिमती जमुना गुरुङ संग्रौलाले थापालाई बुद्धिमान बिबेकशिल र बिनम्र हुन शुभकामना दिनुभयो। गगन थापालाई छोरा भनेर सम्वोधन गर्दै उहाँले काँग्रेस उमेद्वार थापालाई देशकै छोरा हुन शुभकामना समेत दिनुभयो। घरमा थापालाई विजयको शुभकामना दिनुभएका संग्रौला दम्पती त्यसपछि टोलमा गगन थापासँग चुनावी प्रचारमा समेत जानुभएको थियो। खगेन्द्र संग्रौला काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुसँगै थापाको लागि मत माग्न घरदैलोमा समेत पुग्नुभएको थियो।

गगन थापालाई बफ्नो टोलमा स्वागत गर्न काँग्रेस कार्यकर्ता र शुभेच्छुक मात्र होइन कैयन कम्युनिष्ट पृष्ठभुमिका स्थानिय नेता कार्यकर्ताहरु पनि आएका थिए। आफ्ना छोराछोरीसँग गगन थापालाई भेट्न आएका स्थानियहरुले छोराछोरीकै आग्रहमा पहिलोपटक काँग्रेसलाई मत हाल्ने समेत बताएका थिए। थापाले शनिवार बुलबुले क्षेत्रमा समेत घरदैलो गरेको काँग्रेस क्षेत्र नम्बर चारका सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो। आइतवार भने कपन गाविसमा घरदैलो गर्ने श्रेष्ठले बताउनुभयो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग