Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित र जनजातिको खुट्टा ढोगेर चुनाव प्रचार थाले माओवादीका अशोक थापाले

Published on 7:05:00 PM //

गुल्मी, १ कात्तिक । गुल्मी क्षेत्र नं २ का एकीकृत नेकपा (माओवादी)का सभाषद्का उम्मेदवार अशोक थापाले दलित, जनजाति र विपन्न वर्गका ज्येष्ठ नागरिकको आशिर्वाद लिएर चुनावी अभियान सुरु गर्नुभएको छ ।
गरिब, विपन्न र दलित, जनजातिको उन्नतिका लागि नयाँ संविधान लेख्न जाने भएकाले मन्दिरमा ढोगेर होइन जेष्ठ नागरिकको आशिर्वाद लिएर जानुपर्ने भन्दै तीन जना ज्येष्ठ नागरिकको आशिर्वाद लिनुभएको हो । उहाँले सबै ज्येष्ठ नागरिकलाई खुट्टामा ढोगेर आशिर्वाद लिनुभएको थियो ।
अर्खले–६ की ८३ वर्षीया हरिकला सुनार, तम्घास–८ की १०८ वर्षीया सुमित्रा श्रीस र सिमिचौरका–८४ वर्षीय मान सिं थापाको आशिर्वाद लिएर थापाले आजदेखि चुनावी अभियानको सुरुवात गर्नुभएको हो । थापाले विपन्न वर्गको मुक्तिको लागि आपूmले क्रान्ति गरेकोले अहिलेसम्म राज्यले उपेक्षा गरेकाको मुक्ति गरी सबै नेपालीको समुन्नतिको लागि अब बन्ने नयाँ संविधान बनाउने प्रतिबद्धता जनाउँदै आशिर्वादका लागि ज्येष्ठ नागरिकका घर दैलोमा पुग्नुभएको थियो ।
अभियानको क्रममा बोल्ने दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले आफ्नो लामो राजनैतिक इतिहासमा यो पहिलो घटना भएको बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग