Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्ड बागलुङ आउने दिन बैद्य मओबादी सहित ३३ दलिय मोर्चाको यातायात बन्द

Published on 2:37:00 AM //

कोपिला कँडेल
बागलुङ, कार्तिक १२ । नेकपा–माओबादी सहितको ३३ दलिय मोर्चाले आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै यातायात बन्दको आव्हान गरेको छ। मोर्चाले मंगलवार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी यहि कार्तिक १४ गते बन्दको आयोजना समेत गरेको जानकारी गराएको हो ।

आफुहरुको निर्वाचन बहिष्कारको कार्यक्रम अन्तर्गत ३३ दलिय मोर्चाका नेता तथा कार्यकर्ता लाई गिरफ्तार गरेको भन्दै धौलागिरीका सम्पुर्ण यातायात बन्दको घोषणा गरेको हो ।

मोर्चाले शान्तीपुर्ण रुपमा निर्वाचन बहिष्कारको बारेमा जनतालाई सचेत पार्ने क्रममा मोर्चाका कार्यकर्तालाई सरकारले विभिन्न मुद्दा लगाई फसाउन खोजेको र अनावश्यक रुपमा धरपकड गरेको भन्दै यातायात बन्द आव्हान गरिएको मोर्चाका सह–संयोजक ऋषिराम रोकाले बताए । उक्त दिन एकिकृत माओबादीका अध्यक्ष प्रचण्ड बागलुङ, पर्वत र म्याग्दी आउने कार्यक्रम रहेको छ ।

प्रचण्डको कार्यक्रमलाइ लक्षित गरेर बन्द आव्हान गरिएको हो भन्ने पत्रकारको जिज्ञासामा मोर्चाका नेता रोकाले भने प्रचण्डको आफ्नै कार्यक्रम होला, हाम्रो आफ्नै कार्यक्रम हो । उनलाई कसैलाई लक्षित नभई मोर्चाका कार्यकर्ता रिहाइको लागि बन्द गर्नुपरेको बताए ।

खिलराज नेतृत्वको सरकार र मुख्य ४ दलका शिर्ष नेताको सिण्डिकेटका कारण देशमा मुठभेडको अवस्था आएको भन्दै नेकपा एकिकृतका केन्द्रीय सदस्य एबं मोर्चाका सदस्य निलबहादुर पुनले नेकपा–माओबादीका कार्यकर्ता एबं ३३ दलिय मोर्चाका सदस्य लालबहादुर तमुलाई अमानवीय तरिकाले पक्राउ गरी यातना दिएको भन्दै तत्काल तमु सहितका सम्पुर्ण नेता तथा कार्यकर्ताको रिहाई गर्न माग गरे ।

३३ दलिय मोर्चामा बागलुङमा नेकपा–माओबादी र नेकपा एकिकृत आवद्ध छन् । पत्रकार सम्मेलनमा नेकपा एकिकृतका जिल्ला नेताहरु देखिएपनि माओबादी जिल्ला नेताहरु भने एकाध मात्र देखिएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग