Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरीको गोली लागि स्याङ्जामा दुईको मृत्यु (भिडियो समाचार सहित)

Published on 2:34:00 AM //

स्याङ्जा, कात्तिक १२ । स्याङ्जाको चापकोटमा प्रहरीको गोली लागी दुईजना सर्वसाधारण मृत्यु भएको छ । गोली लागि चापाकोट ६ का २१ वर्षका सूर्य आले र चापकोट ३ का कृष्ण भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

असोज २७ गते झुण्डिएको अवस्थामा भेटिएकी चापाकोट ५ कि माया बिकलाई परिवारले हत्या गरेको भन्दै प्रहरी चौकी चापाकोट घेर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली हानेको हो ।

गोली लागेर ४ जना प्रदर्शनकारी र प्रदर्शनकारीको ढुंगा लागेर प्रहरी निरीक्षक कृष्ण थापाको बायाँ हात भाँचिएको छ भने ५ जना म्यादी प्रहरी पनि घाइते भएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला । 



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग