चुनाव स्थगन गरी बार्ताबाट समाधान खोज्न वैद्यको अपील
Published on
2:40:00 AM //

विज्ञप्तिमा ३३ दलीय मोर्चाको सर्वपक्षीय गोलमेच सभाको प्रस्तावलाई गम्भीरता पूर्वक लिएर परिणाममुखी वार्ता मार्फत निकास खोज्न चार दललाई विशेष अनुरोध गरिएको छ । नेकपा माओवादीले समस्या समाधानका लागि समय छँदै गंभीर बन्न आग्रह समेत गरेको छ ।
उम्मेदवार माथि आक्रमण, गाडीमा आगजनी र चुनाव विरुद्ध विभिन्न गतिविधिमा सक्रिय माओवादीले वार्तामा जोड दिएको हो । माओवादीले चुनाव बहिष्कार गर्नु आफूहरुको अधिकार भन्दै बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता कार्यकर्तालाई गिरफ्तार गर्ने र मुद्दा लगाउने सरकारी कदमको भर्त्सना समेत गरेको छ ।