Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको चिदिचौर खेल मैदान ब्यबस्थापन गर्ने सहमती

Published on 7:26:00 PM //

संगिता कुवँर
कार्तिक ८, गुल्मी । गुल्मीको चिदिचौर खेल मैदान ब्यबस्थापन गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।उनिहरुले उचित खेल मैदानको अभावमा बिभिन्न स्तरीय खेल आयोजन गर्न समस्या भएको र चिदिचौर खेल मैदान ब्यबस्थापन गर्दा दिर्घकालिन रुपमा पनि असर नपर्ने भन्दै उनिहरु ब्यबस्थापनको लागी सहमत भएका हुन् ।
गुल्मी युनाइटेड युवा क्लब तम्घासद्धारा आयोजना हुन लागेको पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगीताको बिषयमा बृहत अन्तर्कृया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । अन्तर्कृया कार्यक्रममा सदरमुकामका युवाले पनि चासो देखाएको र आपसी समन्वय मार्फत खेल मैदान ब्यबस्थापनको लागी सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । कार्यक्रम मार्फत सहरी बिकास पाल्पा संग समन्वय गरी खेल मैदानको ब्यबस्थापन बारेसुझाव लिन ब्यबस्थापन समितिको समेत गठन गरेको छ । जसमा भुवन प्रसाद श्रेष्ठ, भरत चन्द, बिष्णु बलाल, बालसिहं काउछा, बुद्धि जिसी, जिबन राना एबं निर्माण ब्यबसायि,जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघका एक एक जना प्रतिनिधी रहने बताएको छ । अन्तर्कृया कार्यक्रमका सहभागीले कामको कार्यन्वय चरणमा छिटो जान समेत सुझाव दिएका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु घर्ति, प्रहरी निरीक्षक निसान्त श्रीबास्तव, उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन श्रेष्ठ, गुरुगोरख गण गुल्मीका प्रमुख दिल बिक्रम सुव्वा, शेर बहादुर कुवँर, बालसिहं काउछा लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम गुल्मी युनाइटेड युवा क्लबका अध्यक्ष उदय थापाको अध्यक्षता एबम सचिव भगवत सिहं खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
तम्घासमा केही महिना अघी सम्पन्न दल बहादुर राना मगर स्‍मृति भलिबल प्रतियोगितामा सहभागीता जनाउँदै गुरु गोरख गुल्म, धागिथुम (रातो जर्सिमा) र नेपाल मगर विद्यार्थी संघ, गुल्मी (सुन्तला रङको जर्सिमा) को फाईल तस्बिर ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग