Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजावादी र मधेशवादीहरुसँग तालमेल हुन सक्दैन: नेता केसी

Published on 7:16:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ८ कात्तिक । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र वहादुर केसीले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा मिलेर संविधान वनाउनु पर्नेमा जोड भएको छ । उहाँले संविधान सभाको निर्वाचनमा आफ्नो पार्टिले लोकतान्त्रिक शक्तिहरु विच तालमेलको नीति लिए पनि राजावादी र मधेशवादीहरुसँग तालमेल हुनै नसक्ने वताउनु भयो । नेता केसीले अगामि संविधान सभाको निर्वाचनमा लोकतान्त्रिक पक्षधरहरुलाई जनताले मत दिनु पर्ने धारणा समेत व्यक्त गर्नु भयो ।
राष्ट्रिय जनमोर्चाले आज जिल्ला सदरमुकाम तम्घासमा आयोजना गर्न लागेको चुनावि सभालाई सम्वोधन गर्दै नेता केसीले उक्त कुरा वताउनु भएको हो । चार दलभित्र अन्य साना दलहरुलाई निषेध गर्ने अलोकतान्त्रिक पद्दतीको विकास भएका कारण माओवादीहरु संविभान सभाको निर्वाचनमा सामेल नभएको भन्दै नेता केसीले यदी चारदलहरुले चाहेको भए माओवादीहरुलाई पनि सँगै चुनावमा लिएर जान सक्ने दावी गर्नु भयो । वर्तमान अवस्थामा जनतालाई चाहिएको अधिकार हो, संघिय राज्य हैन भन्दै नेता केसीले एउटा प्रणालीका लागि राज्य साट्न नसकिने तर्क गर्नु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग