Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

म्यादी प्रहरीको रिजल्ट हेर्न आएकी युवती बलात्कृत, तीनजना पक्राउ

Published on 12:45:00 AM //

राजविराज, २०७० असोज ३० । म्यादी प्रहरीको रिजल्ट हेर्नको लागि असोज २३ गते सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज आईपुगेकी २२ वर्षकी युवती बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा सप्तरीमा ३ जना पक्राउ परेका छन् ।

ती युवतीलाई सामुहिक बलात्कार गर्ने जिल्ला प्रहरीमा कार्यरत प्रहरी जवान राजेश्वर सदा, नेपाल टेलिकम राजविराजमा कार्यरत कार्यालय सहयोगी ९पियन० राजनारायण यादव र म्यादी प्रहरी भर्ना हुन आएका सप्तरी रुपनगर बस्ने वर्ष २३ का बालेश्वर सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई नेपाल टेलिकम राजविराज शाखाको हातामा रहेको क्वाटरमा लगेर सामुहिक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग