Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो मुसिकोटको सराँय नाच (भिडियो सहित)

Published on 12:54:00 AM //

गुल्मी, असोज ३० । आज द्वादशीको अबसरमा जगदम्बादेवी मन्दिर मुसिकोट ७ भर्जुवा गुल्मीले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि परम्परागत सरायँनाँच प्रतियोगिता सम्पन्न गरेको छ । सरायँनाच प्रतियोगितामा मुसिकोट ७ का देवबहादुर सिंहको समुह प्रथम, मुसिकोट ७ का आमा समुह व्दितिय र सोही गाविसका रामबहादुर नेपालीको समुह तृतिय भएका छन् ।

विजेता समुहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । लोप हुन थालेको सरायँनाचलाई संरक्षण र संम्वद्र्धन गर्नका लागि विगतका बर्षहरुमा जस्तै उक्त मन्दिर व्यवस्थापन समितिले यस बर्षपनि सरायँनाचलाई निरन्तरता दिँदै आएको आयोजकले जनाएको छ । सरायँ नाचमा गुल्मीको मुसिकोट, पौदी अमराई लगायतका क्षेत्रबाट सहभागिता जनाएका थिए ।

कार्यक्रम जगदम्बा देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेशमराज चालिसेको अध्यक्षता, सचिव भेषबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग