Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दक्षिणमा सनसनी फैलाउँदै पुनम

Published on 12:42:00 AM //


मुम्बइ– सेक्स सिम्बल पुनम पाण्डेले अब दक्षिण भारतमा पनि सनसनी फैलाउने भएकी छन्। बलिउडमा उनका क्रियाकलाप सधैं चर्चामा हुने गर्छन्। अब उनलाई दक्षिणका फिल्ममा काम गर्ने मौका मिलेको छ।
पाण्डेलाई कन्नड फिल्म 'लभ इज पोइजन' मा आइटम नम्बरको अवसर मिलेको छ। यो आइटम गीत धमाकेदार हुनेमा पुनम उत्साहित छिन्।

पुनमले यसै बर्ष 'नशा' फिल्ममार्फत् बलिउडमा पाइला टेकेकी थिइन्। फिल्म सोचेअनुरुप चलेन। तर यो फिल्मले कन्नडको निर्मातालाई भने प्रभावित बनाएको छ। जसले गर्दा उनले यो अवसर प्राप्त गरिन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग