Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वैद्य नेतृत्वको नेकपा–माओवादीले तम्घासमा जलायो चार दलको पुत्ला (फोटो सहित)

Published on 7:38:00 PM //

अनिल खत्री
गुल्मी, आश्विन १७ । बैद्य नेतृत्व नेकपा–माओवादी सहित ३३ दलले चुनावी सरकारको र निर्वाचनको बिरोध गर्दै आएका दलहरुले आज गुल्मीको सदरमुकाम तम्घासमा चार राजनैतिकदलको पुत्ला दहन गरेका छन । चारदलले आफुलाई उपेक्षा गरेर देसलाइ मुठभेटतर्फ लैजान खोजेको भन्दै उनिहरुले आज तम्घास बजारमा नारावाजी गर्दै मुख्य चार राजनैतिक दलको पुत्ला दहन गरेका हुन । दल दर्ताको मनोनयको दिन भएको आज गुल्मीको सदरमुकाम तम्घासमा सुरक्षा ब्यवस्था कडा पारिएको थियो । कडा सुरक्षा बिच पनि बैध नेतृत्वको नेकपा–माओवादीले तम्घासको वसपार्कमा चार राजनैतिक दलको पुत्ला दहन गरेका छन । 

    पुत्ला दहन पछि बिघठित संबिधान सभामा रहेका नेकपा–माओवादी सहित २४ राजनैतिक दलहरु र अन्य नया दलहरु सहित ३३ वटा राजनैतिक दलहरुलाइ निषेध गरी केबल ४ दलीय संयन्त्रले लादेको सिण्डिकेट प्रणलीको अकिनायक बादी,सर्बसत्तावादी प्रक्रियलाइ  नै राष्ट्रिय सहमतीको जामा पहिराएर देशलाइ भिडन्त र गृहयुद्ध तर्फ लैजाने जुन दुस्साहस भैरहेकोले बर्तमान खिलराज रेग्मीले गर्नलागेको निर्वाचन कुनै पनि हालमा हुन नादिने नेकपा–माओवादी गुल्मीका इन्चार्ज बिर बहादुर कार्कीले बताउनु भयो ।

       निर्वाचनलाइ सार्थक र फलदायी बनाउन सर्वपक्षिय गोलमेच सभाको आयोजना गरि बिवादीत बिषयहरुमा साझा सहमति कायम गरेर अगाडी बढौ भन्ने ३३ राजनैतिकदलहरुको् अग्रहलाइ बेवास्ता गरेकोमा आक्रोस ब्यक्त गरेका छन । बिदेशी शक्ति केन्द्रहरुको स्वार्थ सहितको योजना र निर्देसनमा राज्यको अन्ति जगेडा शक्तिको रुपमा रहेको नेपाली सेना ,राष्ट्रको सेनालाई ४ दलको मात्र पेवाउते सोना वनाइ अझ बिदेसी शक्तिहरुको योजना र स्र्थमा परिचालन गरेर बिवादमा ल्याउने जुन निणर्य गरिदै छ यो राष्ट्रको लागी शुभ संकेत समेत नभएको र घोर आपत्ती समेत भएको बताएका छन ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग