Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका कुन गाविसवाट कति जना वैदेशिक रोजगारमा ?

Published on 1:04:00 AM //

प्रेम सुनार
असौज १७, गुल्मी । हालै एक संस्थाले तयार पारेको तथ्याङ्कका अनुसार गुल्मीका ७९ गाविसहरु मध्ये सवै भन्दा बढि बैदेशिक रोजगारमा जाने गाविस बडागाउँ, हस्तीचौर र हुँगा रहेका छन् । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्था पिपुल्स फोरम र पौरखी नेपालले गरेको सर्वेक्षण अनुसार बडागाउँ गाविसवाट १३ सय १० जना, हस्तीचौरबाट १२ सय ८४ जना, हुँगाबाट ११ सय २१ जना वैदेशिक रोजगारमा गएका छन् ।
त्यस्तै ५ सय देखि करिव १ हजारसम्म विदेशजाने गाविसहरुमा विरवासबाट ९ सय ७२ जना, हर्दिनेटाबाट ८ सय ८३ जना, ठुलोलुम्पेकबाट ८ सय ७८ जना, दिगामबाट ८ सय ८८ जना, आँपचौरबाट ८ सय ७१ जना, अर्खलेबाट ८ सय ६१ जना, नयाँगाउँबाट ८ सय ५४ जना, सिमिचौरबाट ७ सय ९१ जना, दोहलीबाट ७ सय ८६ जना, वामीबाट ७ सय ७८ जना, वलेटक्सारबाट ७ सय ७२ जना, मुसिकोटबाट ७ सय ३७ जना, रुपाकोटबाट ७ सय ३१ जना, तम्घासबाट ७ सय ११ जना वैदेशिक रोजगारमा गएका छन् । वम्घाबाट ६ सय ९३ जना, हाडहाडेबाट ६ सय ८ जना, घमिरबाट ६ सय ७ जना, नेटाबाट ५ सय ३५ जना, पौंदी अमराईबाट ५ सय ९२ जना, पिपलधाराबाट ६ सय ३ जना, हँसराबाट ५ सय २० जना वैदेशिक रोजगारमा गएका छन् ।
तथ्याङ्कका अनुसार वलिथुमबाट ६ सय २६ जना, जुभुङबाट ५ सय ८३ जना, पराल्मीबाट ५ सय ४७ जना, ग्वादीबाट ५ सय २१ जना, खज्र्याङ्गबाट ५ सय ५३ जना, अश्लेवाबाट ५ सय ८५ जना, जुनिँयाबाट ५ सय ३४ जना, दौँघाबाट ५ सय ३ जना, दुविचौरबाट ५ सय १२ जना, गौँडाकोटबाट ५ सय २४ जना, जैसीथोकबाट ५ सय ६४ जना, पुर्कोटदहबाट ५ सय २७ जना, मरभुङ्गबाट ५ सय ३७ जना, भुर्तुङ्गबाट ६ सय ५९ जना, शान्तिपुरबाट ५ सय ४२ जना, छापाहिलेबाट ५ सय ५३ जना, दर्लामचौरबाट ५ सय १३ जना, कुर्घाबाट ६ सय २६ जना रहेका छन् ।
त्यस्तै पाँच सय जना भन्दा कम जाने गाविसहरुमा लिम्घाबाट ४ सय १३ जना, अर्वेनीबाट ४ सय ५ जान, ग्वाघाबाट ४ सय १४ जना, हर्मिचौरबाट ३ सय १२ जना, जयखानीबाट २ सय १९ जना, खडगकोटबाट ३ सय ५३ जना, फोक्सीङ्गबाट ४ सय ६७ जना, पुर्तिघाटबाट २ सय ३३ जना, रिमुवाबाट ४ सय १६ जना गएका छन् । रुरुबाट जना, थानापतिबाट ४ सय ६६ जना, अमरअर्वाथोकबाट ४ सय २७ जना, आर्लाङ्गकोटबाट ३ सय ६१ जना, विशुखर्कबाट ४ सय ६ जना, दिव्रुङ्गबाट ३ सय ५१ जना, हरेवाबाट २ सय ७५ जना, हर्राचौरबाट २ सय ६ जना, तुराङ्गबाट ४ सय ६७ जना, भार्सेबट २ सय ४० जना, जोहाङ्गबाट दरवारदेविस्थानबाट ४ सय ९९ जना गएका छन् ।
वस्तुबाट ४ सय १३ जना, धुर्कोटबाट ४ सय ७१ जना, भनभनेबाट ४ सय ३३ जना, वाग्ला ४ सय ६५ जना, अग्लुङ्गबाट ३ सय ६५ जना, वाँझकटेरीबाट ४ सय ५४ जना, हवाङ्गदीबाट २ सय ७ जना, मलायगिरीबाट २ सय १५ जना, ल्म्यालपोखरीबाट २ सय १७ जना, सिर्सेनीबाट ४ सय ८० जना, अमरपुरबाट ४ सय ३२ जना, दर्लिङ्गबाट ३ सय ४४ जना, बैदेशिक रोजगारमा गएका छन् ।
त्यस्तै २ सय जना भन्दा कम जाने गाविसहरुमा भने पल्लीकोटबाट १ सय ३४ जना, अर्खवाङ्गबाट १ सय ९६ जना, अर्जैबाट १ सय ७६ जना रहेका छन् । जिल्लाबाट बैदेशिक रोजगारमा जानेहरुको कुल संख्या ४३ हजार ३ सय ८३ जना रहेको छ । जस मध्ये संख्या ३५ हजार १ सय ८३ जना, वाँकी महिला छन् ।
२०६८ को जनगणना अनुसार जिल्लाको कुल जन संख्या २ लाख ८० हजार १ सय ६० रहेको छ । यस हिसावले भारत सहित देश वाहिर रहने गुल्मेलीहरुको संख्या झण्डै दोब्बर जसो रहेको अनुमान गर्न सकिन्छ । वैदेशिक रोजगारमा जानोहरुको कुल संख्यालाई हेर्ने हो भने गुल्मीमा वर्षेनी अरवौं रुपैयाँ भित्रिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग