Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किरिया बसेकै अवस्थामा उम्मेदवारी दिन तम्घास पुगे एमाले नेता बिष्ट

Published on 7:14:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १७ असोज । नेकपा एमालेको तर्फवाट गुल्मी क्षेत्र नं ३ का उम्मेदवार गोकर्णराज विष्टले आज किरीया वसेकै अवस्थामा सदरमुकाम तम्घास आई निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उमेद्वारी दर्ता गराउनु भएको छ । नेकपा एमालेका केन्द्रिय सदश्य समेत रहेका विष्ट गतसातादेखि आफ्ना पिताको देहवसानपछि काज क्रियामा दोहोली गाविस ३ स्थित आफ्नै घरमा वसिरहनु भएको थियो । विष्टका ८३ वर्षीय पिता भिमबहादुर विष्टको गत शुक्रवार राती अचानक मृत्यू भएको थियो । उहाँ उम्मेद्वारी दर्ता गरेपछि आजै वेलुकि घरमा फर्कनु भएको छ ।
गुल्मी क्षेत्र नं ३ मा आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि किरिया वसेकै अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट । तस्विर ः जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग