Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर शाहदेखि झरना थापासम्म कांग्रेस पस्ने तयारीमा

Published on 11:44:00 PM //

काठमाडौ । यो साता फिल्म क्षेत्रका करिब आधा दर्जन कलाकार नेपाली काङ्ग्रेस प्रवेशको तयारीमा रहेका छन् । पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गर्ने कलाकारलाई औपचारिक स्वागत कार्यक्रमको तयारी हुँदै गरेको पनी विक्ली नेपाल डट कमले जनाएको छ ।
काङ्ग्रेस प्रवेशको तयारीमा वरिष्ठ कलाकार निर शाह, रमेश बुढाथोकी, अभिनेत्री झरना थापा, मेलिना मानन्धर, रुपा राणा, अभिनेता मुकेश ढकाल लगायतरहेका छन् ।
प्रत्यक्ष चुनाव लड्ने ईच्छा देखाएका शाह स्व. राजा विरेन्द्र परिवारसँग नजिक मानिन्थे । दरबार हत्याकाण्ड पछि उनी शाह परिवारसँग टाढिएर माओवादी तर्फ मोडिएका थिए । तर, सदस्यता दिने माओवादी पार्टीको प्रयास असफल भएको थियो । शाहले आफुलाई कुनै पनि पार्टीको छायाँमुनि नरहेको बताउँदै आएका थिए ।
राजनीतिक झण्डा नओढ्ने कलाकारको संख्या रजतपटमा न्यून हुँदैछ । भुवन केसीले एमालेको र रेखा थापाले एमाओवादीको अविर माला पहिरिएका छन् । राजेश हमाल र करिश्मा मानन्धरसँग पनि नेपाली काङ्ग्रेसको वार्गेनिङ चलिरहेको खबर नयाँ होइन । पछिल्ला घटना क्रमलाई हेर्दा लाग्छ, फिल्मी कलाकारको करिअरको उत्तम विकल्प राजनीति नै हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग