Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टिकट पाएको खबर पछि नेताको घरमा पार्टीको झण्डा राखियो

Published on 11:34:00 PM //

शिबलाल सुबेदी
गुल्मी, १५ असोज । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ गुल्मीबाट आगामी संबिधान सभा निर्वाचनमा टिकट पाएका त्रैलोक्य प्रताप सेनको घरमा पार्टीको झण्डा राखिएको छ । सदरमुकाम तम्घासको शहिद चोकमा रहेको सेनको घरमा टिकट पाएको खवरसँगै पार्टीको झण्डा राखिएको हो ।
जिल्लाको पश्चिम बाँझकटेरी गाविसमा घर भएका त्रैलोक्य प्रताप सेनको सदरमुकाम तम्घासमा रहेको घरमा मसिंर ४ गतेको निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर ३ को टिकट आएपछि जिल्ला कार्यकर्ताहरुले उहाँको घरमा झण्डा राखिदिएका हुन । लामो समयदेखि काठमाडौमा बस्दै आउनु भएका सेनले यसभन्दा अगाडि २०५६ सालको निर्वाचनमा पनि टिकट पाउनु भएको थियो । उहाँलाई २०५६ मा नेकपा एमालेका गोकर्णराज बिष्टले हराउनु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग