Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"रेसुङ्गा बिमानस्थल निमार्ण सम्पन्न गर्नु मेरो मुख्य जिम्मेवारी हो": प्रदिप ज्ञवाली

Published on 1:08:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक ६ । आगामी मंसिर ४ मा हुन गइरहेको संबिधान सभा निर्वाचनको प्रचार तथा जनपरिचालनको अभियानलाई नेकपा एमालेले तिब्ररुपमा अगाडी बढाएको छ । यसै क्रममा गुल्मीको २ नं.निर्वाचन क्षेत्र अन्तर्गत सिमिचौरमा आयोजित कार्यकर्ता भेला तथा जनता संग अन्तरक्रिया कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले गुल्मीको पर्यटन विकास र जनताको समृद्धीका लागी रेसुङ्गा विमान स्थल निमार्ण कार्यलाइ यथासिघ्र सम्पन्न गराउन आफुलागी परेको बताउनु भएको छ ।
आफु संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रीहुदा मन्त्री सुरु गरेको रेसुङ्गा बिमान स्थल निमार्ण योजना यथा सिघ्र पुरा गर्नु आफनो मुख्य जिम्मेवारी रहेको बताउनु भएको छ । संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिएको जनताको स्विकार्य संबिधान निमार्ण गर्नु मुख्य काम भएको र साथै जनताको समृद्धीका लागी बिकासका कामलाइ समेत आफनो पार्टीको अगुवाईमा सम्पन्न गर्न नेकपा एमालेलाइ सुर्यमा मतदान गरि सबै भन्दा ठुलोपार्टी बनाउन अनुरोध गर्नुभएको छ ।
गुल्मी क्षेत्र नं.२ मा नेकपा एमाले र नेपाली कांग्रेस बिच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिए पनि कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरि धमा धम एमालेमा प्रबेस गरि रहेका छन । यसैक्रममा नेपाली कांगे्रस परित्याग गरि कमल पन्थी ,चन्द्र खत्री ,रुमलाल घिमिरे र फर्सुराम ज्ञवालीको नेतृत्वमा २४ घर परिवार नेकपा एमालेमा प्रबेश गरेका छन । कार्याक्रममा बोल्दै नव प्रबेसी रुमलाल घिमिरेले नेपाली काग्रेस बाट जनताको अपेक्षा अनुसार बिकासका कुनै पनि काम नभएको र अन्य पार्टीको अगुवाइमा भएको कामलाइ आफुले गरेको भन्दै झुटो र भ्रम पुर्ण प्रचार गरेकोले आफुले सो पार्टी परित्याग गरि एमाले प्रबेस गरेको बताउनु भएको छ । पुर्व मन्त्री एबं नेकपा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका एमाले उम्मेदवार प्रदीप कुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २ नं. क्षेत्रिय निर्वाचन परिचालन संयोजक खडग केसी जिल्ला कमिटी उप सचिव बालसिंह काउछा, २ नं.क्षेत्रिय उपाध्यक्ष देवनारायण ज्ञावली रेसुङ्गा बहुमुखी क्याम्पस स्ववियू सभापति ज्ञानबहादुर महतरा , युवा संघ नेपाल लुम्विीनी अञ्चल कमिटी सदस्य मनोज काउछा,युवा संघ नेपाल गुल्मीका उपाध्यक्ष मोहन प्रसाद पाण्डे,प्रचार बिभाग प्रमुख दिपक आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्याक्रम गाउकमिटी अध्यक्ष टेकराज अर्याल अध्यक्षता र सचिव देबिराम पाण्डेयको संञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग