Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"देश विकासको सुरुवात काँग्रेसबाट भएको हो, काँग्रेसलाई जिताएर हेर्नुस्": चन्द्र भण्डारी

Published on 12:31:00 AM //

सागर भण्डारी
गुल्मी, कार्तिक ६ । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आज जिल्लाको वामी गाउँ विकास समितिमा कार्यकर्ता भेटघाट तथा कोणसभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस वामी गाउँ कार्य समिति सभापति कृष्ण हरी सापकोटाको अध्यक्षता रहेको कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार चन्द्र भण्डारीले यस अघि यस क्षेत्रबाट विजयी भएर गएका प्रतिनिधिहरुले यहाँको विकासको लागि केही पहल गर्न नसकेको भन्दै आफुहरु सत्तामा नरहँदा पनि यस क्षेत्रको विकासको लागि अनवरत रुपमा लागिपरेको र पुरानै पार्टीका पुरानै उम्मेदवारलाई भोट दिए सविंधान बन्न नसक्ने स्पष्ट पार्नूभएको थियो ।नेपाली काँग्रेस वामीको विकासको लागि धेरै अगाडी देखि लागी परेको र आगामी दिनमा पनि यस क्षेत्रको विकासको लागि लागिपर्ने बताउनुभएको थियो । त्यस्तै भण्डारीले देश विकासको सुरुवात नेपाली काँग्रेसबाट भएको भन्दै नेपाली काँग्रेसलाई विजयी बनाएर हेर्नुपर्ने बताउनुभएको थियो । यतिबेला देश सघिंयताको नाममा जातियतामा विभाजन हुन गईरहेको भन्दै यस्तो हुन नदिन पनि नेपाली काँग्रेस दत्तचित्त भएर लाग्ने बताउनुभएको थियो ।
त्यस्तै पूर्व सासंद भागवत ज्ञवाली, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाल तरुण दल जिल्ला अध्यक्ष, खिलध्वज पन्थी, नेपाली काँग्रस भूतपूर्व क्षेत्रिय सभापति मुक्ति कडेंल, नेपाल महिला सघं गुल्मीकी सभापति विष्णु सापकोटा, नेपाली काँग्रेस , क्षेत्र नं २ का क्षेत्रीय सदस्य सुदर्शन शाक्य, लगायतले मन्तव्य व्यक्त गर्दै गुल्मीको विकास हुन नसक्नुका कारणबारे पुरानै पार्टीका पुरानै उम्मेदवारलाई गुल्मी बासीले प्रश्न गर्नुपर्ने भन्दै नेपाली काँग्रेस विकासको पक्षमा रहेको र अहिलेको चुनावमा आफ्नो पार्टीलाई बहुमतले विजयी गराउन पनि आग्रह गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी सघं क्षेत्रीय सभापति नेत्र पाण्डेले समसामायिक चुनावी गतिबिधिलाई समेटेर नेपाली काँग्रेसलाई भोट दिन आग्रह गर्दै गजल समेत प्रस्तुत गर्नुभएको थियो ।
साथै आजै चुनावी प्रचार प्रसार अभियान अन्तर्गत वडा नं ७ को पुरानो गाउँ र ठुलाखर्क, वडा नं ८ को मालारानी, वडा नं ५ को मैदान लगायतका स्थानमा पनि कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीय पार्टीप्रति आस्थावान कार्यकर्ताहरु तथा नेपाली काँग्रेसका भातृसगंठनका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।प्रचार प्रसारको क्रममा वामी बजारमा नेपाली काँग्रेसको चुनाव चिन्ह अकिंत झन्डा सहित वजार परिक्रममा गरिएको थियो । नेपाली काँग्रेस गाउँ कार्य समिति वामीका सचिव डिलाराम खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्य समिति सचिव तेजेन्द्र बहादुर जि.सीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग