Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसको चुनावी अभियान तिब्र

Published on 1:18:00 AM //

पि.एम.मगर
गुल्मी, कार्तिक ०६ । संविधानसभा चुनावको मिति नजिकिदैँ गर्दा गुल्मी जिल्लामा पनि राजनीति दलहरुद्धारा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अहिलेहरु राजनीतिक कार्यकर्ताहरु गाउँ केन्द्रीत अभियानमा छन् । उनीहरुले अहिले अन्तरकृया तथा भेटघाट कार्यक्रमलाई तिब्र पारेका छन् । नेपाली काँग्रेसले पनि आफ्नो अभियानलाई तिब्र पारेको छ ।
आज जिल्लाका तीन वटै क्षेत्रका बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । क्षेत्र न.. १ को पुर्तिघाट गाविस स्थित वार्ड नं. १ को पुर्तिघाट बजार र वार्ड नं. ५ को डाँडा स्थित जोरपाटी प्राथमिक विद्यालयमा जनभेटघाट तथा आम सभा सम्पन्न भएको छ ।
आमसभालाई सम्बोधन गर्दै काँग्रेस क्षेत्र नं. १ का संविधानसभा सदस्य उम्मेदवार प्राध्यापक डाक्टर कृष्णप्रसाद छन्त्याल मगरले देशको दीर्घकालीन बिकास र समस्या समाधानका लागि नेपाली काँग्रेसलाई जित दिलाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेसको नेतृत्वबिना जनताको संविधान निर्माण असंभव रहेको बताउँदै उहाँले काँग्रेसको पक्षमा मत दिन आग्रह समेत गर्नुभयो । उहाँले उत्पीडित जाती, समुदाय, गरिब, दलित लगायत आम नेपाली जनताको पक्षमा आफु लागिरहने प्रतिबद्धता जनाउँदै त्यस अभियानमा सहयोग गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा समानुपातिक उम्मेद्वार सुवर्ण ज्वारचन, महाधिबेशन प्रतिनिधी बेद थापा मगर, जिल्ला सदस्य पृथबहादुर फौजदार, तरुण दलका गाविस सदस्य भक्तबहादुर राना लगायतले काँग्रेसको पक्षमा मत खसाल्न आग्रह गर्नुभएको थियो । नेपाली काँग्रेस, गाउँ कार्य समितिका पुर्व अध्यक्ष क्याप्टेन कुलमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सहसचिव बेदबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन क्षेत्रीय प्रतिनिधी गोविन्द गौतमले गर्नुभएको थियो ।
त्यस्तै चुनावी अभियानकै क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ गुल्मीले प्रचार प्रसारको कार्यक्रमलाई तीव्र पारेको छ । कांग्रेस क्षेत्र नम्बर २ ले आज वामी गाविसका बिभिन्न ५ स्थानमा चुनावी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज वामीको ठूलाखर्क, पूरानो गाउँ, मालारानी, मैदान र वामी वजारमा कार्यक्रम सम्पन्न भएको तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थीले बताउनुभयो । चुनावी अभियानमा जिल्ला सभापति चन्द्र केसी लगायतका जिल्लाका नेताहरु पनि संगै हुनुहुन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेद्वार चन्द्र भण्डारीले नेपाली काँग्रेस जनताको पार्टी भएकाले सधै जनता र राष्ट्रप्रति समर्पित रहदै आएको बताउनुभयो । मुलुकको निकास काँग्रेस नेतृत्वबाट मात्र सम्भव रहेको दावी गर्दै उहाँले अबको संविधानसभा निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । त्यस्तै जिल्ला सभापति चन्द्र के.सी.ले काँग्रेसको नेतृत्वले मात्रै मुलुकलाई निकास दिने बताउँदै आफ्नो पक्षमा मत व्यक्त
गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा उपसभापति भुवन प्रसाद श्रेष्ठ, सविच विष्णु बलाल, तरुणदलका अध्यक्ष खिलध्वज पन्थी, पूर्व पार्टी सभापति भागवत ज्ञवाली, नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णु सापकोटा लगायतले बर्तमान राजनीति अबस्था, संविधानसभाको निर्वाचन तथा पार्टीको भूमिकाका विषयमा मन्तब्य राख्नुभएको थियो ।
यसैविच गुल्मी क्षेत्र नं. ३ का बिभिन्न स्थानमा पनि आज भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएका छन् । आज पिपलधारा गाविसका विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भएको काँग्रेस श्रोतले जनाएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेद्वार त्रैलोक्यप्रताप सेनले जनताको संविधान निर्माण, मुलुकको संबृद्धि र शान्तिका लागि नेपाली काँग्रेस सधै प्रतिव्रद्ध रहेको बताउनुभएको छ । पिपलधारा गाविसका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै भेलालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसको नेतृत्वले मात्रै जनताको बास्तबिक संविधान दिन सक्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी सधै जनताप्रति समर्पित तथा उत्तरदायी रहेको बताउँदै संविधानसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने समेत दाबी गर्नुभयो ।
चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्ड नं. ५ को भेलामा पार्टीका क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधी महेन्द्र भण्डारी, नेपाल दलित संघका क्षेत्रीय उपसभापति टेकबहादुर विश्वकर्मा, पार्टीका उपसभापति हरिबहादुर थापा, क्षेत्रीय सहसचिव भगतसिँह खड्का, पिपलधारा गाविस सभापति नविन जिसी, शिक्षक विष्णु थापा, टिकाबहादुर थापा, भेषबहादुर थापा, बाबुराम घिमिरे, मानबहादुर थापा लगायतले बर्तमान राजनीतिक अवस्था, संविधानसभाको चुनाव र काँग्रेसको भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो भने सञ्चालन हरि शर्माले गर्नुभएको थियो । त्यस्तै वार्ड नं. ८ र ९ मा पनि छुट्टै भेला सम्पन्न गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि उम्मेद्वार सेन लगायतका अतिथिहरु सहित सोही वार्ड नं. ८ का वडा सभापति हवल्दार कृष्णबहादुर खड्काले मन्तव्य राख्नुभएको थियो । त्यस्तै वार्ड नं. ९ मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सेन सहित अन्य अतिथिहरु, वडा सभापति ज्ञानबहादुर थापा, कृष्णमुरारी जिसी, तेजबहादुर गौतम, रिख बहादुर खड्का, भोटबहादुर सुनार, तिलक खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शैलेश कार्कीले मन्तव्य राख्नुभएको थियो । त्यस्तै सोही गाविसको वार्ड नं. ३ र ४ को संयुक्त भेला पनि आजै सम्पन्न भएको छ । खिमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सेन लगायतका अतिथिहरु, सोही वडाका खिमबहादुर महतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शैलेश कार्कीले गर्नुभएको थियो ।
बाग्लुङ्गमा पनि नेपाली काँग्रेसले अभियानलाई तिब्रता दिएको छ । नेपाली काँग्रेसको चुनावी अभियान अन्तर्गत आज बागलुङको क्षेत्र नम्बर २ अन्तर्गत हटियामा चुनावी सभा सम्पन्न भएको छ । हटियाको वडा नम्बर ८ भयरखर्कको दलित बस्तीमा आयोजित कोण सभामा बौल्दै नेपाली काँँग्रेस बागलुङका सभापति एवं क्षेत्र नम्बर २ का उमेदवार प्रकास शर्मा पौडेलले दलित, उत्पीडित, पिछडिएका वर्ग लगायतको हक हित र अधिकार स्थापित गर्नका लागि नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराउनुपर्ने बताउनुभयो । उहाँले पछाडि परेका गाउँ ठाउँको विकास र संविधान निर्माणका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य मञ्जु चालिसे, नेविसंघका जिल्ला उपाध्यक्ष हिमाल केसी, नेपाल तरुण दल जिल्ला सदस्य रत्न बहादुर विश्वकर्मा, नेपाल विद्यार्थी संघ गल्कोट बहुमुखी क्याम्पसका अध्यक्ष विरजंग भण्डारी, त्यस्तै नेविसंघका घनश्याम चालिसे, विष्णु नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रमको संचालन नेपाली काँग्रेसका पुर्व महासमिति सदस्य दिलाराम शर्माले गर्नुभएको थियो ।
यसैवीच हटिया ७ को फापर खेतमा पनि नेपाली काँग्रसको आज कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा उमेदवार प्रकास शर्मा पौडेल, महासमिति सदस्य हरिप्रसाद आचार्य, महाधिवेसन प्रतिनीधि इन्द्रराज पौडेल, नेपाल शिक्षक संघ बागलुङका सदस्य तोरणदत्त शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै हटिया ६ को नुवाकोटमा पनि नेपाली काँग्रेसले घरदैलो सहित कोणसभा सम्पन्न गरेको छ । हटिया पार्टी सभापति रामबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उमेदवार प्रकास शर्मा पौडेल, प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रिय सदस्य कमलराज सापकोटा, जिल्ला सदस्य फमबहादुर खत्री, नेपाल शिक्षक संघ बागलुङका सदस्य द्रोणराज सुवेदी, गाउँ कार्य समिति हटियाका सदस्य द्धय तिलबहादुर खड्का, ओमकार सुवेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन गाउ पार्टी सचिव हेमराज गैरेले गर्नुभएको थियो । आजै हटिया ९ मा रहेको हातेमालो आमा समुहका महिलाहरु र नेपाली काँग्रेसका उमेदवार विच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सहभागी मिनाकुमारी क्षेत्री लगायतले राखेका जिज्ञासाको बारेमा उमेदवार प्रकाश शर्मा पौडेलले जवाफ दिनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग