Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘जसले पानी खुवाउँछ उसैलाई भोट’

Published on 1:18:00 PM //

प्रेम सुनार
कार्तिक १३, गुल्मी । गुल्मीको पिपलधारा ३ का जनतालाई खानेपानी योजना परेको तिन वर्ष नाघि सक्यो । योजना ब्याक्तिको झोलामा, जनता एक गाग्रो पानीका लागि डेढ घण्टा तल खोलामा पुग्ने गरेका छन् । श्रोत ब्याक्ति समेत रहेका स्थानियवासी खिमबहादुर महतले करिव ३० लाखको योजना कहाँबाट पारे भन्ने कुरा पिपलधारका राजनैतिक दलहरुले थाह पाउन सकेनन् , त्यसैले पनि मुहानमा सहमति जुटाउन नसक्दा त्यो योजना तिन वर्षदेखि अलपत्र परेको छ ।
सहमति विना नै उनले वडा नम्वर ६ को पानीको मुहान दर्ता गराएर योजना पारेर उपभोक्ता समिति गठन गरी मुहानबाट काम के सुरु गरेका थिए वडा नम्वर ६ का दलितहरु ओईरिएर पानी लैजान दिएनन् । उनले फेरी अर्को मुहानबाट पानी लैजान पाईप ओछाए त्यहाँ पनि पाईप उखलेर फाल्ने काम भयो । पानीका लागि आफ्नै गाविसमा कुनै युद्धरत दुई मुलुक विचमा जस्तो ब्यबहार सहेका पिपलधार ३ वासी यति वेला चुनावमा जे संविधान बनाउन मतलव छैन तर पानी जुन दलले लिखीत रुपमा खुवाउँछु भन्छ त्यसैलाई भोट दिने अडान लिएर बसेका छन् । उनिहरु रातको ३ वजे उठेर तल खोलामा गएर एक गाग्रो पानी ल्याउछन् । खेती योग्य उर्वर भुमी छ तर सिचांईको अभावमा तरकारी खेती गर्न सकेका छैनन् । योजना पार्ने खिमबहादुर महत वडा नम्वर ३ वासीलाई कुनै एक ब्याक्तिको षडयन्त्रले पानी खानबाट बञ्चीत गराईएको आरोप लगाउदै आएका छन्. । एमाओवादी पिपलधारका अध्यक्ष महेन्द्र विसी, एमाले अध्यक्ष बाबुराम थापा र का्रग्रेस अध्यक्ष नविन जिसी लगायतका राजनैतिक दलका नेताहरु भन्छन् वडा नम्वर ३ का वासीन्दाले गाविसको राजनैतिक संयन्त्रलाई जिम्मा देओास् हामी पानी खुवाएरै छाड्छौ ।
उनिहरु महत एक्लैको अगुवाईमा खाने पानी योजना पारेको प्रति असन्तुष्ट छन् । महतले राजनैतिक दलहरुबाट सहमति जुटाउन नसक्दा योजनाका पाईप आफ्नो घरमा लगेर थन्काएका छन् । त्यो योजनाको काम सुरु गर्न जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले धेरै पटक सहमति जुटाउने पहल ग¥यो तर सफल हुन सकेन । डिभिजन प्रमुख नारायणप्रसाद काफ्ले भन्छन् ‘हामी अझै पनि जिल्ला स्तरिय र स्थानिय राजनैतिक दलहरुबाट सहमति बनाएर उनिहरुलाई पानी खुवाउने प्रयासमा छौ । ’ अर्खले २ अत्तरकांडा गाउँको अवस्था पनि उस्तै छ । त्यहाँका जनताले पनि एक गाग्रो पानीका लागि डेढदुई घण्टा उकाले ओरालो धाउने गरेका छन् । स्थानिय अगुवा गोपाल मरासनी र रघु मरासनी आफ्नो गाउँलाई बहुदल नफापेको गुनासो गर्छन्. । ‘पञ्चायत काल मै तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले रेसुङ्गाको पानी धागीथुम ब्यारेकबाट सिधै अत्तरकांडामा पुराउने तयारी थियो’ उनिहरुले भने –‘त्यही बेलामा पञ्चायत ढल्यो, बहुदल आयो त्यसपछि पानीको कुरै हरायो । ’ त्यस गाउँका वासीन्दाले पनि अव यस पालीको चुनावमा जसले यो गाउँमा पानी खुवाउने प्रतिबद्धता जनाउछ उसैलाई भोट दिने बताउँदै आएका छन् ।
क्षेत्र नम्वर ३ को जैसीथोक ९ गोपेगाउँको अवस्था पनि उस्तै छ । गोपेगाउकाँ राजु ठकुरी भन्छन–‘ वर्षौं भयो हामीले पानीको साह्रै समस्या भोगेको तर जति वटा चुनावमा जतिवटा नेताहरुले आश्वासन दिए पनि पुरा हुन सकेन् । ’ सधै राती तिन बजे उठेर तल जुकेपानी पँधेरोमा नगए एक गाग्रो पानी पाउनै गाह्रो हुन्छ’ रौताडीका तुल्सीराम पोखरेलले भने –‘गोपेगाउँको ३८ घरधुरीको खाने पानी समस्या समधान गर्ने कोही भएन् ।’ ‘माथील्लो भुभागमा पानीको मुहान नहुँदा समस्यामा परेका हौ’ स्थानिय शेरबहादुर थापाले भने–‘ बान्द्रा खानेपानी योजनाबाट पानी दिने भने हामीलाई दिईएन् । ’ ८३ वर्षिय बृद्ध टोपबहादुर ठकुर्ी भन्छन्–‘ पहिला नेताहरुले गर्छन भन्ने थाह भएन बल्ल अहिले आश लागेको छ हाम्रो यो समस्या नेताहरुको कानमा पुराई दिनु होला । ’ हाम्ला त वानी वसो’उनले भने –छोरा छोरीले दुख मान्छन् ।’
शेरबहादुर भन्छन् –‘अव पहिला पानीको समस्या समधानमा प्रतिबद्धता अनि मात्र भोट भनेका छौ्र ।’ जिल्लाका माथील्ला भुभागमा वसोवास गर्ने जनताको खाने पानी समस्या विकराल छ । सवै भन्दा ठुलो समस्या खज्र्याङ्ग गाविसका जनताले भोग्दै आएका छन् । उनिहरुले एक गाग्रो पानीका लागि अढाई घण्टा खर्चिनु पर्छ र रातको दुई वजे राँको बाल्दै र गित गाउँदै पानी लिन हिड्नु त्यहाँका जनताका लागि सामन्य दिनचर्य बनेको छ । तम्घासमा बृहत लिफ्टीङ्ग सिस्टम खानेपानी योजना सम्पन्न भएपछि तल मुहान, माथी वस्ती भएका जनता त्यस्तै योजना माग गर्न थालेका छन् ।
जिल्लाका त्यस्ता वस्तीमा लिफ्टीङ्ग सिस्टम खाने पानी योजना जिल्ला विकास समितिको क्षमता भन्दा वाहिरको कुरा भएकोले माथील्लो निकयाबाटै रकम पर्नु पर्ने स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताए । ‘हामीले ५÷७ लाख सम्मका खाने पानी योजना वितरण गर्ने गरेका छौं’ उनले भने–‘त्यसरी २० औं वर्ष लाग्ने भएकाले लिफ्टीङ्ग सिस्टम खाने पानी योजना केन्द्रबाटै पर्नु पर्छ, त्यो जिल्लाको क्षमता भन्दा बाहिरको कुरा हो । ’
यसर्थ पनि केन्द्रका योजना पार्नका लागि दलका नेताहरुको प्रमुख भुमिका रहने भएकाले त्यस्ता वस्तीका जनताले को को नेतालाई पत्याउने हुन र ति नेताहरुले पनि कसरी बिश्वास दिलाएर भोट माग्न सफल हुने हुन् त्यो भने चुनावी परिणामले देखाउने छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग