Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘बाँच्न, रमाउन चाहन्छु.....’ जुन वोली अझै गुञ्जीन्छ

Published on 6:24:00 PM //

प्रेम सुनार
कार्तिक ११, गुल्मी । १० वर्षिया वालिकाले म वाँच्न चाहन्छु तर पैसा छैन कसरी बाँचु ? भन्दा मुटु भक्कानियो । अरु साथीहरु झै रमाउन चाहन्छु, उनिहरुले झै पढ्न चाहन्छु भनेर रेडियो पत्रिका भोझेलका खवरमा उनले भन्दा धेरै श्रोताहरु पनि रुनु भएछ । सुने लगत्तै सहयोगदाताहरुको धमाधम फोन आयो । उनि थिईन मुटुमा प्वाल परेर आर्थिक अभावका कारण उपचार गर्न जसकेकी गुल्मीको छापाहिले २ निवासी लक्ष्मी राउत ।
छापाहिले गाविस कार्यालयबाट सहयोग संकलनका लागि सिफारिस लिई छोरी बोकेर आएका राउत बाटो खर्च बनाएर अहिले काठमाण्डौस्थित गंगालाल हृदय रोग उपचार केन्द्रमा पुगेका छन् । गत १५ वर्षदेखि जमलपोखरा माध्याकि विद्यालय छापाहिलेमा परिचर रहेका राउतको तलवले विहना वेलुकाको गुजरा चलाउनै मुस्कील छ । ‘घर जग्गा बेचेर एउटा भैसी पनि आउँदैन कसरी छोराीलाई बचाउँ ? भन्दै उनलेे छोरीको जिवन रक्षार्थ सवैसंग सहगोगको अपिल गरे ।
कक्षा ६ मा पढ्ने लक्ष्मी आफै सहयोगको हात फैलाउदै जिवनको दुहाई मागेर हिडेको देख्दा जिवन कति अमुल्य रै’छ , तर किन कतिपयले जिवनलाई केहि नठानेर आत्मा हत्या गर्छन ? भन्ने लाग्यो । अरु भन्दा पनि लक्ष्मीले सवैले थोरै थोरै पैसा दिए म बाँच्ने थिएँ, अरु साथीहरु झै रमाउने थिएँ......... भन्ने वोली अहिले सम्म मेरो कानमा गुञ्जीन्छ । म कामना गर्छु उनको बाँच्ने चाहना पुरा होस र सवैको मनमा दया जागोस वस......पाठक महानुभावको जो ईच्छा.............
 
बाबुको कांखमा बसेर सहयोगको हात फैलाउँदै लक्ष्मी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग