Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रहेनन् डा. चित्र प्रसाद वाग्ले

Published on 1:46:00 PM //

काठमाडौ, कात्तिक ७ । लामो समयदेखि एपेन्डिक्सको क्यान्सरबाट पीडित डा.चित्राप्रसाद शर्मा वाग्लेको उपचारको कर्ममा आज ग्रान्ड अस्पतालमा निधन भएको छ। किमो दिने क्रममा उनलाई गत आइतबारदेखि आइसीयुमा राखेर उपचार गराइरहेको थियो । आइतबार नियमित परीक्षणमा गएका उनलाई एक्कासी स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखेर उपचार सुरु गरिएको परिवारले जनाएको थियो ।
अस्पताल स्रोतका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा उनको निधन भएको हो । 
दुई नाबालक छोरी र एक अपाङ्ग छोराका पिता वाग्लेले १३ महिना राजीव गान्धी अस्पताल बसेर २२ पटक किमो दिँदा पनि स्वास्थ्य सुधार नभए पछि उनलाई थप उपचारको लागि अमेरिका वा क्यानडाको लागि रिफर गरिएको थियो । डेढ लाख डलर पर्ने उपचार खर्च जुटाउन नसकेपछि उनी काठमाडौ फर्किएका थिए । उनलाई आर्थिक सहयोग जुटाउन स्वदेश र विदेशमा बसेका नेपालीले ठुलो अभियान नै चलाएका थिए । उनको सहयोगार्थ बैकमा करिब २० लाख जुटिसकेको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग